लज्जास्पद पराजयपछि सभापतिबाट राजीनामा दिने तयारीमा गगन, विश्वप्रकाशको सुझाव : अहिले हतार नगरौँ « Khabarhub

लज्जास्पद पराजयपछि सभापतिबाट राजीनामा दिने तयारीमा गगन, विश्वप्रकाशको सुझाव : अहिले हतार नगरौँ


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा पार्टीको कमजोर नतिजापछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा आन्तरिक छलफलमा जुटेका छन्।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएपछि नेतृत्व तहमा समीक्षा सुरु भएको हो।

सोमबार साँझ काठमाडौंको नयाँ बानेश्वरमा दुई नेताबीच यस विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।

गत पुसमा विशेष महाधिवेशनमार्फत ‘कांग्रेस २.०’ को घोषणा गर्दै निर्वाचनमा होमिएका थापा र शर्मालाई चुनावी परिणामले ठूलो झट्का दिएको छ। कांग्रेस इतिहासमै कमजोर सावित भएर अहिले प्रत्यक्षतर्फ केवल १८ सीटमा खुम्चिएको छ।

उता रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमै १२५ सीट जितेको छ । समानुपातिक जोड्दा उसले संसद्‍मा एकछत्र दुईतिहाइ ल्याउने सम्भावना बलियो देखिएको छ।

कांग्रेससँगै सर्लाही क्षेत्र नम्बर ४ बाट सभापति थापा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंहसँग करिब १२ हजार मतान्तरले पराजित भएका छन्। त्यसपछि थापामाथि नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने दबाब बढ्दै गएको छ।

स्रोतका अनुसार छलफलका क्रममा थापाले पार्टीको पराजयको जिम्मेवारी आफूले लिनुपर्ने भन्दै पदबाट राजीनामा दिने मनस्थिति व्यक्त गरेका छन्। उनले उपसभापति शर्मालाई ‘पार्टीको हारको जिम्मेवारी लिएर पद त्याग गर्नु उचित हुन्छ, त्यसैले म राजीनामा दिन्छु’ भन्ने धारणा राखेका थिए।

तर उपसभापति शर्माले भने अहिले राजीनामा दिन हतार नगर्न सुझाव दिएका छन्। उनले यो परिणाम केवल एक व्यक्तिको कारणले आएको नभई परिस्थितिको उपज भनेका छन् ।

शर्माले छलफलमा ‘रास्वपाको जितभन्दा बढी यो हाम्रो पराजय हो, तर यसको दोषी न त केवल एक व्यक्ति हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति हो। नयाँ कार्यसमिति बनेको पाँच दिनमै उम्मेदवारी दर्ता गरेर ५० औँ दिनमा चुनावमा गएका थियौँ, त्यसैले समग्र र सूक्ष्म समीक्षा गरेर अघि बढ्नुपर्छ’, भन्ने सुझाव दिएका छन् ।

साँझ सुरू भएको थापा र शर्माबीचको छलफल नयाँ बानेश्वरमा जारी रहेको बताइएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ७ : ५७ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड