प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै « Khabarhub

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकेको छ ।

निर्वाचन तालिकाअनुसार दिउँसो साढे २ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ । उपसभामुख पदका लागि शुक्रबार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा निर्वाचन हुनेछ ।

उपसभामुख पदमा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा)को मुख्य दाबी रहेको छ ।

अहिले प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जसलाई समर्थन गर्छ सोही पार्टीबाट उपसभामुख बन्ने निश्चित छ ।

प्रतिनिधिसभामा रास्वपाका १८२, नेपाली कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ र एक स्वतन्त्र सांसद छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ८ : ४४ बजे

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको