ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा « Khabarhub

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री रमेश लेखक पनि १३ दिनको हिरासत बसाइपछि रिहा भएका छन् ।

नेपाली कांग्रेसका नेतासमेत रहेका लेखकलाई हिरासतबाट हाजिर जमानीमा केही बेरअघि रिहा गरिएको हो । उनलाई परिवारका सदस्यको जिम्मा लगाइएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।

पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका हुन् । उनलाई पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो।

यसअघि प्रहरीको टोलीले महाराजगञ्जस्थित अस्पताल परिसरबाटै ओलीलाई पत्नी राधिका शाक्यसहितका आफन्तको जिम्मा लगाएको थियो ।

ओलीसँगै पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक भद्रकालीस्थित प्रहरी हिरासतमै बसे । ओली भने चैत १५ गतेदेखि शिक्षण अस्पतालमा बसेर रिहा भए ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको हताहती प्रकरणमा मुख्य जिम्मेवार भएको आरोपसहित सरकारले गत चैत १४ गते लेखकलाई भक्तपुरको कटुन्जेबाट पक्राउ गरेको थियो।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ११ : ४५ बजे

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी– उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको

स्याउ र केरामा मापदण्डभन्दा बढी विषादी अवशेष, बालबालिका बढी प्रभावित

काठमाडौं– नेपालमा फलफूलमा प्रयोग हुने विषादीको अवस्था चिन्ताजनक देखिएको एक