सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ « Khabarhub

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा वैचारिक स्पष्टता सबैभन्दा ठूलो शक्ति भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै उनले एमालेको आफ्नै गौरवशाली इतिहास, संघर्ष र मौलिक सिद्धान्त रहेको उल्लेख गरेका छन्।

उनले ‘माओवादी जनयुद्ध’को भाष्य एमालेको आधिकारिक धारणा नभएको स्पष्ट पार्दै पार्टीको मूल मार्ग ‘जनताको बहुदलीय जनवाद’ (जबज) नै रहेको बताएका छन्।

जबजले शान्तिपूर्ण प्रतिस्पर्धा, संवैधानिक सर्वोच्चता र जनताको मतलाई परिवर्तनको आधार मान्ने पनि उनले बताएका छन् ।

नेता पाण्डेले पार्टीभित्र विभिन्न पृष्ठभूमिबाट आएका नेताहरूका आ-आफ्नै बुझाइ हुन सक्ने भए पनि एमालेको झण्डामुनि एकीकृत भएपछि पार्टीको आधिकारिक दस्तावेजअनुसार बोल्नुपर्ने बताएका छन्।

सार्वजनिक मञ्च वा संसद्मा व्यक्त व्यक्तिगत धारणा ‘पार्टी लाइन’का रूपमा प्रस्तुत गर्दा कार्यकर्तामा भ्रम र जनतामा अविश्वास पैदा हुने उनको भनाइ छ।

उनले अतिवादी र उग्र दृष्टिकोणले पार्टीलाई अगाडि बढाउनुको सट्टा पछाडि धकेल्ने चेतावनी दिँदै वर्तमान आवश्यकता विगतका द्वन्द्वकालीन अभ्यासको प्रशंसा गर्नु नभई शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियाबाट आर्थिक रूपान्तरणमा केन्द्रित हुनु रहेको बताए।

पाण्डेले एमालेलाई मौलिक र सुदृढ रूपमा अगाडि बढाउन वैचारिक धरातल नबिर्सन आग्रह गरेका छन्।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  १२ : २७ बजे

ओलीले भने : मलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगायो

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले आफूलाई पूर्वाग्रह र

श्रमसंस्कृतिबाट उपसभामुखमा रूवि ठाकुर, रास्वपाले सघाउने

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले समानुपातिक सांसद रुवि ठाकुरलाई

राप्रपाबाट उपसभामुखमा सरस्वतीको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले सरस्वती लामालाई प्रतिनिधि

पार्टीभित्रको विवाद समाधानमा मध्यमार्गी भूमिका खेल्न शेखर कोइराला तयार

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला विशेष महाधिवेशनबाट चयन

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको