दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा « Khabarhub

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको रूपमा यस हप्ता संयुक्त राज्य अमेरिकासँग सयुक्त हवाई अभ्यास सुरु गर्ने घोषणा गरेको छ ।

दक्षिण कोरियाली वायुसेनाले विज्ञप्ति मार्फत यो अभ्यास दक्षिणपश्चिमी शहर ग्वाङ्जुको एयर बेसबाट सुरु हुने र दुई हप्तासम्म चल्ने बताएको छ ।

युद्धअभ्यासमा विभिन्न प्रशिक्षण कार्यक्रमहरू समावेश हुनेछन् जसमा रक्षात्मक काउन्टर  ‘एयर इन्टरसेप्सन’ र क्लोज एयर सपोर्ट प्रशिक्षण कार्यक्रमहरू रहेका छन् ।

अभ्यासमा दक्षिण कोरियाले लडाकु जेटहरू, आक्रमण गर्ने विमानहरू र यातायात विमानहरू परिचालन गर्नेछ, भने अमेरिकी वायु सेनाका विमानहरू पनि अभ्यासमा सहभागी  हुनेछन् ।

दक्षिण कोरियाली वायु सेनाले यस वर्षको अभ्यास दक्षिण कोरियाको नेतृत्वमा हुने पुष्टि गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  १ : ३२ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका