ओलीले भने : मलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगायो « Khabarhub

ओलीले भने : मलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगायो


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले आफूलाई पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाएर गैरकानुनी नियन्त्रणमा लिएको बताएका छन् ।

१३ दिनको हिरासत बसाइपछि बिहीबार रिहा भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनलेे मुद्दा चलाउने प्रमाण र आधार नपुगेपछि आफू रिहा भएको बताए ।

‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु’, ओलीले लेखेका छन् ।

अध्यक्ष ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउनेलाई आभार प्रकट गर्दै आफ्नो रिहाइको माग गर्ने क्रममा घाइते भएकाको उपचार राज्यले गर्नुपर्ने र नगरेमा पार्टीले नै गर्ने बताएका छन् ।

यसका साथै, उनले आफ्नो स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने पनि सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  २ : २२ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका