काठमाडौं- धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुरलाई प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीपछि नेपाली कम्युनिस्ट पार्टीले पनि समर्थन गरेको छ।
हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीकी समानुपातिक सांसद उनलाई नेकपाले पनि समर्थन गर्ने निर्णय गरेको प्रमुख सचेतक युवराज दुलालले बताएका छन् ।
रास्वपा र नेकपाले समर्थन गरेसँगै रुबी प्रचण्ड बहुमतसहित उपसभामुख हुने पक्का भएको छ। रुबीको पक्षमा रास्वपाका १८२, नेकपाका १७ र श्रमसंस्कृतिका ७ जना सांसद उभिएका छन् । यससँगै रुबीको पक्षमा संसद्को दुईतिहाइ भन्दा धेरै मत जुटेको छ।
अब उनी उपसभामुख हुने निश्चित भएको छ । रुबीलाई श्रमसंस्कृतिले मधेशी जनजाति समूहबाट समानुपातिक सांसद बनाएको थियो ।













प्रतिक्रिया