उपसभामुख प्रकरण : वालेन्द्र हाबी हुँदा फेरि निरीह देखिए रवि लामिछाने « Khabarhub

उपसभामुख प्रकरण : वालेन्द्र हाबी हुँदा फेरि निरीह देखिए रवि लामिछाने


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउने क्रममा बिहीबार संसद् सचिवालय परिसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाही निराश देखिए ।

पटक पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेर उपसभामुखमा समर्थन जुट्ने कुराले ढुक्क उनी अन्तिम समयमा जिल्लिन पुगे।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि यसअघि उपसभामुखमा खुश्बु ओलीको चर्चा थियो । तर राप्रपाले अन्तिम समयमा नेता बुद्धिमान तामाङकी पत्नी सरस्वती लामालाई अघि सार्‍यो । तर मुस्किल कस्तो भयो भने राप्रपाले अन्य कुनै पनि दलको साथ पाउन सकेन ।

रविसँग भेटेरै पनि संवाद गरेका उनी उपसभामुख पद मिल्नेमा आफू ढुक्क थिए । बिहीबार पनि उपसभामुखमा समर्थन रहेको बताउँदै रविले फोन गरेपछि मात्रै सांसद लामाले उम्मेदवारी दिएको उनले जिकिर गरे ।

‘सबैसँग कुरा गरेर नै उम्मेदवारी दर्ता गराएको हो । रविजीले भोलि अरू कुरा जे हुन्छ, हुन्छ, उम्मेदवारी दिनुस् भन्नुभयो’, उनले भने, ‘उहाँहरूले राजनीति गर्नु हुन्छ भने ठिक छ । रास्वपाको सभापतिले फोन गरेकैले उम्मेदवारी दिएको हो।’

उनले आफूहरूलाई धोका भएको संकेत गर्दै बाँकी कुराको जिम्मेवारी रास्वपालाई भएको बताए । ‘स्वयम् पार्टी सभापतिले फोन गरेपछि उम्मेदवारी दिएका हौँ । अब बाँकी कुरा उहाँहरूले गर्नु हुन्छ’, उनले भने, ‘रविजीले किन निर्णय फेर्नु भयो, त्यो उहाँको कुरा हो ।’

यसअघि नै सभामुखमा डीपी अर्याललाई चयन गरेको रास्वपाले उपसभामुखबारे निर्णय लिन सकेको थिएन। यस्तोमा रविले राप्रपालाई उक्त पद दिने बचन दिएका थिए । उता प्रधानमन्त्रीसमेत रहेका बालेन्द्र शाह भने हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृतिसँग संवादमा थिए ।

यसअघि रास्वपासँग श्रमसंस्कृति, राप्रपा र नेपाली कम्युनिस्ट पार्टी तीनै दलले उपसभामुख पद मागेका थिए ।

त्यहीकारण उपसभामुखबारे निर्णय लिन प्रधानमन्त्री शाह, पार्टी सभापति लामिछाने र सभामुख डीपी अर्यालललाई जिम्मेवारी दिइएको थियो । तर यी तीन नेताले अन्तिमसम्म पनि कुन दललाई दिने निर्णय गगर्न सकेनन् ।

रास्वपा दलका नेता शाह श्रमसंस्कृतिका अध्यक्ष हर्क साम्पाङलाई विपक्षी कित्ताबाट आफूतिर तान्ने रणनीतिमा थिए । उनले श्रम संस्कृतिलाई दिएर वैकल्पिक धार मानेका थिए । यसबीचमा श्रम संस्कृतिलाई दिन रवि नरम भए पनि उनले बचन भने राप्रपालाई दिए । बालेनले हर्कलाई जसरी पनि आफूतिर तान्ने योजना बनाएका थिए ।

उनको त्यही रणनीतिअनुसार चैत १९ गते संसद् बैठकको पहिलो दिनको बैठकमा रोचक दृश्य देखियो । जहाँ आफ्नो कडा आलोचना गरिरहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई भेटेर बालेन्द्रले अंगालो हाले। हात मिलाए । अनि, फोन नम्बर पनि आदानप्रदान गरे ।

पछिल्लो समय बालेनलाई लक्षित गरेर हर्कले सामाजिक सञ्जालमा कडा टिप्पणी गरिरहेका थिए । त्यसबाट हैरानीमा परेका बालेनले पनि कमेन्टमा माया प्रकट गरिरहेका थिए । अन्तत: उनको त्यो प्रयासको पहिलो खुट्किलो चैत १९ मा पूरा भयो । अब हर्कलाई उनले उपसभामुख पद दिएर आफ्नो पक्षमा तान्न बालेन सफल भएका छन् ।

०७९ को स्थानीय तह निर्वाचनमा दुवैले स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं र धरानमा मेयर जिते। बालेन लौरो चुनाव चिह्न लिएर काठमाडौं महानगरपालिकाको मेयर बन्दा हर्क साम्पाङ पनि लौरो टेकेरै धरान उपमहानगरपालिकाको मेयर बने ।

उनीहरू बीचमै मेयर पद छाडेर प्रतिनिधि सभाको चु्नावमा होमिए । बालेन्द्र झापा ५ बाट विजयी भएर प्रधानमन्त्री हुँदा सुनसरी १ बाट जितेका हर्क पनि पहिलो प्रयासमा राष्ट्रिय दलको नेता हुन सफल भए ।

उनीहरूको यो मिलनको धक्का भने एकपछि अर्को गर्दै सभापति लामिछानेले भोगेका छन् । १५ सदस्यीय मन्त्रिपरिषद्मा आफ्नो कोर टिमका कसैलाई पठाउन नपाएका रवि उपसभामुख पदमा पनि जिल्लिएका छन् । अहिले क्याबिनेटमा रविको सबैभन्दा निकट मन्त्रीका रुपमा प्रतिभा रावल छिन् ।

रवि पार्टी सभापति भए पनि आफ्नो डुब्न लागेको राजनीतिक डुंगाका उद्दारक बनेकामध्ये एक प्रमोद न्यौपानेलाई सांसद बनाउन असफल भए । त्यसपछि मन्त्रिपरिषद्मा पनि बालेनले एकलौटी गरेर उनलाई पार्टी चलाएर बस्न भनिदिए । रास्वपामा उनी क्रमैसँग बालेनको पेलाइमा पर्न थालेको पुष्टि उपसभामुख प्रकरणसम्म आइपुग्दा थप बलियोसँग भएको छ।

उपसभामुख प्रकरणले रास्वपाभित्र दुई लाइनबीच कित्ताकाट हुँदै गएको देखिएको छ। यो कित्ताकाटलाई केहीले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकको नेकपाकालको जस्तै भनेर चित्रण गरेका छन् । यो दुई लाइनको अवस्थालाई बेलैमा नरोके रास्वपामा पनि नेकपाकै समस्या दोहोरिने चिन्ता पार्टी पंक्तिमा देखिएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ३ : ३४ बजे

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित

सभामुख अर्याल र अध्यक्ष दाहालबीच पहिलो औपचारिक भेटवार्ता

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले