रुबीकुमारी भन्छिन् : मलाई यति माथिसम्म पुर्‍याइदिनु भयो, हर्क साम्पाङलाई भगवान् नै मान्छु « Khabarhub

रुबीकुमारी भन्छिन् : मलाई यति माथिसम्म पुर्‍याइदिनु भयो, हर्क साम्पाङलाई भगवान् नै मान्छु


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुख पदका लागि दुईजना महिला सांसदको उम्मेदवारी दर्ता भएको छ।

बिहीबार उपसभामुख पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरको उम्मेदवारी दर्ता भएको हो ।

१८२ सिट भएको रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छन् ।

उनको प्रस्तावकमा आरेन राई र समर्थकमा अशोक कुमार चौधरी तथा अम्विका देवी संग्रौला छन् ।

रुबी कुमारीले उम्मेदवारी दर्ता गर्दा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीसमेत संसद सचिवालय पुगेका थिए ।

उपसभामुखमा उम्मेदवारी दिएपछि रुबी कुमारीले आफूलाई सहयोग गर्ने सवैलाई धन्यवाद दिँदै भूमिकाअनुसारको जिम्मेवारी पुरा गर्न सक्षम रहेको बताइन्।

उनले मधेशको गाउँकी एउटी केटीलाई यति माथिसम्म ल्याइदिएकामा श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको प्रशंसा गरिन् ।

‘म त मधेशको गाउँकी एउटी छोरी हुँ । यो उपलब्धि सबै मधेशका जनताको हो । मलाई चुन्ने सबैलाई म धन्यवाद दिन्छु’, उनले भनिन्, ‘मलाई धेरै खुसी लागेको छ। सबैप्रति म आभारी छु । मलाई केही कुरा थाहा थिएन ।’

उनले आफू मधेशकी छोरी दोहोर्‍याइन् । उनले पार्टी अध्यक्ष हर्क साम्पाङको खुलेर प्रशंसा गरिन् । ‘मैले यी सबै कुरा सोचेकै थिइनँ। म भुइँको मान्छेलाई यतिसम्म, यति माथिसम्म पुर्‍याइदिनु भयो’, उनले भनिन्, ‘यसका लागि म अध्यक्षसँग सधैँ ऋणी छु । यो जिम्मेवारीसम्म ल्याइदिनु भएकोमा म अध्यक्ष हर्क साम्पाङलाई भगवान् नै मान्छु ।’

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ३ : ०९ बजे

पोखराको हरिचोक–याम्दी सडक चार लेनमा विस्तार (तस्बिरहरू) 

पोखरा– स्थानीयवासीको पटकपटकको दबाब र विरोधपछि पोखराको हरिचोक–याम्दी सडकखण्ड अन्ततः

भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा

प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्बभन्दा बढी दाबी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२-८३ मा अघिल्लो आर्थिक