श्रीमतीको नियुक्तिले चौध दिनमै जाने भयो साहको मन्त्री पद, रास्वपाले प्रधानमन्त्रीलाई भन्यो : जिम्मेवारीबाट हटाइदिनू « Khabarhub

श्रीमतीको नियुक्तिले चौध दिनमै जाने भयो साहको मन्त्री पद, रास्वपाले प्रधानमन्त्रीलाई भन्यो : जिम्मेवारीबाट हटाइदिनू


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहलाई बिदा गर्न प्रधानमन्त्री बालेन्द्र साहसमक्ष सिफारिस गरेको छ।

स्वास्थ्य बिमा बोर्डमा आफ्नी श्रीमती जुनु श्रेष्ठलाई सदस्य नियुक्त गर्ने प्रक्रियामा पदको दुरूपयोग भएको आरोप लगाउँदै त्यसबारे कारबाही र जिम्मेवारीबाट हटाउन रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका हुन्।

पार्टीका केन्द्रीय अनुशासन आयोगले गरेको अध्ययनअनुसार मन्त्री साहले पदीय मर्यादा उल्लंघन गरी लामो समय निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डका सदस्यमा श्रीमती जुनु श्रेष्ठलाई नियमित गराउने कार्य गरेको देखिएको छ। आयोगले मिति बुधबार नै साहमाथि कारबाहीका लागि पत्र पठाएको थियो।

रास्वपाका सभापति लामिछानेले पत्रमा भनेका छन्, ‘यस कार्यले पार्टीको छवि, आदर्श र सिद्धान्तमा नकारात्मक प्रभाव पारेको छ।’

पत्रमा पार्टी विधानको धारा २५ (४) (क) र धारा ६९ अनुसार मन्त्रीलाई जिम्मेवारीबाट अलग गर्न र स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई पनि सचेत गराउन सिफारिस गरिएको छ।

पार्टीले अन्य मन्त्रीहरूले पनि आवश्यक गम्भीरता नदेखाएमा पार्टीले पुनः नियमानुसार कारबाही गर्न सक्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ३ : ५४ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई