लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख « Khabarhub

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक महत्त्वपूर्ण हिस्सा भएको इरानको संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले बिहीबार बताएका छन् । उनले सहमतिको उल्लङ्घनले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएका छन् ।

‘इरानको सहयोगीको रूपमा रहेका लेबनान र सम्पूर्ण प्रतिरोधी गठबन्धन युद्धविरामको एक अविभाज्य हिस्सा हो,’ सभामुख गालिबाफले एक्समा जारी एक पोष्टमा भनेका छन् । लेबनानमा इजरायलले गरेको आक्रमणमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको भोलिपल्ट गालिबाफले युद्धविरामको उल्लङ्घन नगर्न चेतावनी दिएका थिए ।

‘युद्धविराम उल्लङ्घन महँगो लागत सावित हुने र यसले कडा प्रतिक्रिया निम्त्याउने छ,’ उनले भने । युद्धविराममा सहमति भएदेखि तेहरान र वाशिङ्गटनले लेबनान समावेश छ कि छैन भन्ने बारेमा प्रतिस्पर्धात्मक सन्देश दिएका छन् ।

‘इजरायली सेनाले लेबनानी सशस्त्र समूह हेजबुल्लाहलाई ‘जहाँ आवश्यक छ’ त्यहाँ आक्रमण गर्नेछ,’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने । बुधबार साँझ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘वैध गलतफहमी’ को संज्ञा दिएका थिए ।

‘मलाई लाग्छ, इरानीहरूले सोचेका थिए कि युद्धविराममा लेबनान पनि समावेश छ र त्यसो भएन। हामीले त्यो वाचा कहिल्यै गरेका छैनौँ,’ हङ्गेरीको भ्रमणपछि उनले भने ।

‘लेबनानमा इरानको उनीहरूसँग कुनै सम्बन्ध छैन । यदि इरान यो वार्ता भङ्ग हुन चाहन्छ भने यो उनीहरूको छनौट हो,’ उनले भने ।

इरानी अधिकारीहरूले युद्धविराममा लेबनानलाई पनि समावेश गर्न जोड दिएका छन् र युद्धविरामको घोषणा गर्दा मध्यस्थकर्ता पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बयानलाई औँल्याएको छ । बिहीबार सभामुख गालिबाफले पाकिस्तानी नेता शरिफले लेबनान मुद्दालाई सार्वजनिक र स्पष्ट रूपमा जोड दिएको बताएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ८ : ३५ बजे

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह

एक वर्षमा चौध करोडको जडीबुटी निर्यात

झापा– एक वर्षमा १४ करोड छ लाख ८३ हजार रुपैयाँको