सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
यहाँको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जारस्थित जडेज खेलमैदानमा जारी गोल्डकपको आजको खेलमा आयोजक टिम न्यू स्टार फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै चित्लाङ सेमिफाइनलमा पुगेको हो ।
यही चैत २३ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत २९ गते हुनेछ । प्रतियोगिताको विजेताले चार लाख नगदसहित ट्रफी तथा उपविजेताले दुई लाख नगदसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।













प्रतिक्रिया