आईपीएल क्रिकेट : दिल्लीविरुद्ध कोलकाताको जित « Khabarhub

आईपीएल क्रिकेट : दिल्लीविरुद्ध कोलकाताको जित


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ ।

शुक्रबार राति दिल्लीमा सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराउँदै कोलकाता विजयी भएको हो ।

दिल्लीले दिएको १ सय ४३ रनको लक्ष्य कोलकाताले १४ ओभर २ बलमा २ विकेट गुमाएर पूरा ग¥यो ।

कोलकाताका फिन एलेनले सर्वाधिक एक सय रनको शतकीय पारी खेले । यस्तै, क्यामरुन ग्रीनले ३३, अजिन्क्या रहाणेले १३ रन जोडे । दिल्लीका अक्षर पटेले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो ।

दिल्लीका पथुम निसान्काले ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै, आशुतोष शर्माले ३९ र अक्षर पटेलले ११ रनको योगदान दिए ।

कोलकाताका कार्तिक त्यागी र अनुकूल रोयले २–२ तथा क्यामरुन ग्रीनले १ विकेट लिए ।

यो जिततसँगै कोलकाता नाइट राइडर्स १० खेलबाट ९ अंकसहित तालिकाको सातौँ स्थानमा छ । एक खेल बढी खेलेको दिल्ली क्यापिटल्स ८ अंकका साथ आठौँ स्थानमा छ ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ६ : २५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल