इरानी जहाजमा अमेरिकी आक्रमण, छ जना घाइते, छ बेपत्ता « Khabarhub

इरानी जहाजमा अमेरिकी आक्रमण, छ जना घाइते, छ बेपत्ता


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ओमानको बन्दरगाह सहर खसाब नजिकै छ वटा इरानी कार्गो र माछा मार्ने जहाजमा अमेरिकी लडाक जेटहरूले गरेको आक्रमणमा कम्तिमा छ जना घाइते भएको र अन्य छ जना बेपत्ता भएको  मेहर समाचार एजेन्सीले शनिबार रिपोर्ट गरेको छ ।

जहाजहरू दक्षिणी होर्मोजगन प्रान्तको बन्दर लेङ्गेह काउन्टीका गाउँलेहरूका थिए, काउन्टी गभर्नर फोड मोरादजादेहलाई उद्धृत गर्दै एजेन्सिले जनाएको छ । 

मोरादजादेहले घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको उल्लेख गर्दै आक्रमणको समयमा  जहाजमा २० जना रहेको बताएका छन् ।

इराना समाचार एजेन्सीले होर्मोजगन तटमा एक अघिल्लो रात भएको अमेरिकी आक्रमणमा कम्तिमा एक जना व्यक्तिको मृत्यु भएको र अन्य १० जना घाइते भएको रिपोर्ट गरेको थियो ।

आक्रमणका कारण मालवाहक जहाजमा आगो लागेको र बाँकी चार जना बेपत्ता भएको इरनाले जनाएको छ । होर्मुजको जलक्षेत्र वरपर बिहीबार र शुक्रबार इरान र संयुक्त राज्य अमेरिकाबिच झडपहरू सुरु भएको जनाइएको छ । 

बिहीबार राति, इरानको मुख्य सैन्य कमान्ड, खतम अल–अन्बिया केन्द्रीय मुख्यालयले अमेरिकी सेनाहरूले दुई इरानी जहाजहरूमा आक्रमण गरेको थियो ।

इरानी कमान्डका प्रवक्ता इब्राहिम जोल्फाघारीले इरानी सेनाले हालै होर्मुजको पूर्व र इरानको चाबहार बन्दरगाहको दक्षिणमा अमेरिकी सैन्य जहाजहरूमा आक्रमण गरेर ठूलो क्षति पुर्याएको जनाइएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले विज्ञप्ति जारी गर्दै सेनाहरूले अप्रत्याशित इरानी आक्रमण रोकेको र अमेरिकी नौसेनाका जहाजहरू स्ट्रेट अफ होर्मुज हुँदै जाँदा आत्मरक्षाका लागि आक्रमण गरेर जवाफ दिएको जनाइएको छ । 

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ४ : ३३ बजे

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३

बिहार उपनिर्वाचन: भाजपाको ३० वर्ष पुरानो किल्लामा, प्रशान्त किशोर विजयी

काठमाडौँ – भारतको बिहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले