कवि कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ लोकार्पण « Khabarhub

कवि कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ लोकार्पण


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टक्सार– कवि तथा साहित्यकार शंकरप्रसाद कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ नामक गीतिसङ्ग्रह भोजपुरमा लोकार्पण गरिएको छ । सयौँ गीत समेटिएको उक्त सङ्ग्रह कोइरालाको गृहजिल्ला भोजपुरमा आज सार्वजनिक गरिएको हो ।

सरल र बहुआयामिक व्यक्तित्वका धनी कोइराला साहित्यकार तथा समाजसेवीका रूपमासमेत परिचित हुन्छन्। पूर्वअर्थमन्त्रीसमेत रहेका उनले ‘आधा जिन्दगी बितिसक्यो’, ‘लाजको लाली पोतेर आइदेउन’ र ‘रुपौली रानी’लगायत कयौँ चर्चित गीतहरूको रचना गरिसकेका छन् । 

आफ्नो माटोप्रतिको माया र सम्मानका कारण जन्मथलोमा गीत सङ्ग्रह लोकार्पण गरिएको कोइरालाले बताए। विसं २०५१ मा स्थापित संस्था त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले कोइरालाको गीत सङ्ग्रह लोकापर्ण कार्यक्रमको आयोजना गरेको हो । 

सो क्रममा कला क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै कोइरालालाई दोसल्लासहित सम्मानपत्रबाट सम्मान गरिएको छ । कार्यक्रममा कोइरालाले कला, साहित्य र गीतलाई मनोरञ्जनका रूपमा मात्र लिन नहुने बताउँदै यसले समाजका यथार्थ अवस्था चित्र गर्ने उल्लेख गरे। उनले समाजमा सकारात्मक परिवर्तनका लागि कला, साहित्वको महत्वपूर्ण योगदान रहने धारणा राखे । 

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ५ : १८ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको