कवि कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ लोकार्पण « Khabarhub

कवि कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ लोकार्पण


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टक्सार– कवि तथा साहित्यकार शंकरप्रसाद कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ नामक गीतिसङ्ग्रह भोजपुरमा लोकार्पण गरिएको छ । सयौँ गीत समेटिएको उक्त सङ्ग्रह कोइरालाको गृहजिल्ला भोजपुरमा आज सार्वजनिक गरिएको हो ।

सरल र बहुआयामिक व्यक्तित्वका धनी कोइराला साहित्यकार तथा समाजसेवीका रूपमासमेत परिचित हुन्छन्। पूर्वअर्थमन्त्रीसमेत रहेका उनले ‘आधा जिन्दगी बितिसक्यो’, ‘लाजको लाली पोतेर आइदेउन’ र ‘रुपौली रानी’लगायत कयौँ चर्चित गीतहरूको रचना गरिसकेका छन् । 

आफ्नो माटोप्रतिको माया र सम्मानका कारण जन्मथलोमा गीत सङ्ग्रह लोकार्पण गरिएको कोइरालाले बताए। विसं २०५१ मा स्थापित संस्था त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले कोइरालाको गीत सङ्ग्रह लोकापर्ण कार्यक्रमको आयोजना गरेको हो । 

सो क्रममा कला क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै कोइरालालाई दोसल्लासहित सम्मानपत्रबाट सम्मान गरिएको छ । कार्यक्रममा कोइरालाले कला, साहित्य र गीतलाई मनोरञ्जनका रूपमा मात्र लिन नहुने बताउँदै यसले समाजका यथार्थ अवस्था चित्र गर्ने उल्लेख गरे। उनले समाजमा सकारात्मक परिवर्तनका लागि कला, साहित्वको महत्वपूर्ण योगदान रहने धारणा राखे । 

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ५ : १८ बजे

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु