‘आईपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम « Khabarhub

‘आईपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनका किसानलाई प्रगति एकीकृत शत्रुजिव व्यवस्थापन (आईपीएम) कृषक पाठशालासम्बन्धी तालिम प्रदान गरिएको छ ।

श्री किसान महिला कृषि तथा पशुपन्छी पालन कृषक समूह र भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा भरतपुरको आयोजनामा पर्साढापका महिलालाई ‘आईपीएम’ सम्बन्धी १६ हप्ते तालिम प्रदान गरिएको हो ।

रासायनिक विषादीको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा भरतपुर महानगरपालिका–२७ स्थित उक्त कृषक समूहका २५ जना महिलाको सहभागिता रहेको थियो ।

महानगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेलले विषादी मानव स्वास्थ्यका लागि हानिकारक भएकाले यसको सुरक्षित प्रयोगमा सचेतना बढाउने उद्देश्यले तालिम दिइएको बताए ।

‘विषादीको पनि सही तरिकाले प्रयोग गर्नुपर्छ । हाल धेरै किसानले सुरक्षित विधिबाट विषादी प्रयोग गरेको पाइँदैन’, उनले भने, ‘सोमबार सम्पन्न तालिमबाट यही विषयमा प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न तथा छिमेकी किसानलाई समेत सिकाउन सहभागीलाई आग्रह गरेका छौँ ।’

आगामी दिनमा महानगरपालिकाले आईपीएमसम्बन्धी थप ६ वटा तालिम सञ्चालन गर्ने योजना रहेको पौडेलले जानकारी दिए ।

तालिम अवधिभर सहभागी किसानलाई घरेलु झोल मल, बोकासी मल, फोहर ‘डिकम्पोजर’ उत्पादन, जैविक विषादी निर्माण तथा रासायनिक विषादीबिनै बाली संरक्षण गर्ने विधिबारे प्रशिक्षण दिइएको थियो । सहभागीले भिन्डी, बोडी, धान, मकैलगायत बाली आइपिएम पद्धतिबाट उत्पादन गरेका थिए ।

जैविक मल तथा घरेलु झोल मल बनाउन धतुरो, जामुना, कडीपत्ता, तितेपाती, अम्बा, अमिलो, घिउकुमारी, मेवाको पात, रुदिलो, चरीअमिलो, बकाइनो, आरुको पात, निमपत्ता, दत्तिवललगायत वनस्पतिको प्रयोग गरिने प्रशिक्षक रमा ढुङ्गानाले जानकारी दिइन् । तालिमपछि किसानहरू आईपीएम पद्धतिबाट खेती गर्न दक्ष बनेको भन्दै उनले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणमा पनि संस्थाले सहयोग गर्ने व्यवस्था गरिएको बताइन् ।

कृषक समूहकी अध्यक्ष हेमावती महतोले तालिमले किसानको सोचमा सकारात्मक परिवर्तन ल्याएको बताइन् । ‘पहिले अन्धाधुन्ध विषादी प्रयोग गर्दथ्यौँ, तालिमले हाम्रो आँखा खोलिदिएको छ । हाल बजारबाट ल्याइने तरकारी खानसमेत डर लाग्न थालेको छ । आफू पनि उत्पादनमा सचेत भएका छौँ’, उनले भनिन् ।

विषादीको अत्यधिक प्रयोगले वातावरण प्रदूषित भएकाले यस्ता सचेतनामूलक कार्यक्रम गाउँगाउँमा विस्तार गर्नुपर्ने सहभागीको भनाइ थियो । सहभागीले विद्यालय तथा टोलस्तरमा पनि विषादीसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन आग्रह गरेका थिए । तालिममा रमा ढुङ्गाना, निशा सुवेदी, तेजेन्द्र पौडेल र प्रकाश जैसीलगायतले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ९ : ०८ बजे

सुनको मूल्य ३ लाख माथि पुग्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

ट्रम्पले चेतावनी दिँदै नेतन्याहूलाई भने : सावधानी अपनाऊ, नत्र विश्व जगतमा एक्लै पर्छौ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इरानविरुद्ध

भूपू गोर्खाको समस्या समाधानमा परराष्ट्र मन्त्रीको अग्रसरता, बेलायतका दुई मन्त्रीसँग संवाद

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूका लामो समयदेखि

मैदानमै ढलेका एरिक्सन अस्पतालबाट घर फर्किएपछि भने, ‘मेरो स्वास्थ्य सुधार हुँदैछ’

कोपनहेगन- डेनमार्कका स्टार फुटबलर क्रिस्चियन एरिक्सन मैत्रीपूर्ण फुटबलका क्रममा मैदानमा

चक्रपथका आकासे पुल एक दशक पुग्न लाग्दा पनि अधुरै (फोटो फिचर)

काठमाडौँ – काठमाडौँ चक्रपथअन्तर्गत बल्खु, सानेपा र महालक्ष्मीस्थानमा निर्माणाधीन आकासे