सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव « Khabarhub

सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोपको अभाव भएको छ । कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा अभाव भएको दुई साता बितिसकेको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले  सुदूरपश्चिममा निःशुल्क रूपमा सेवाग्राहीले उपलब्ध हुनुपर्ने खोप अभाव रहेको बताए । तर, उनले निजी स्वास्थ्य संस्थामा भने खोपको बिक्री वितरण भइरहेको बताए ।

‘प्रदेश सरकारले खोप खरिदका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । अहिले दुई–तीन महिनायता त्यही खोपले सहजता भयो’, जोशीले भने ।

त्यसैगरी, प्रदेश सामाजिक विकास मन्त्रालयले यहाँका स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र स्थानीय तहलाई पत्राचार गर्दै खोप व्यवस्थापन गर्न आग्रह गरेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाबाट निःशुल्क वितरण गरिने उक्त खोप आपूर्ति हुन नसकेको र अझै केही समय लाग्ने पत्रमा उल्लेख छ । 

त्यस्तै गत जेठ १६ गते स्वास्थ्य सेवा विभागले खोप व्यवस्थापन गर्न प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय र स्थानीय तहलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  १२ : २५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)