ट्राफिक प्रहरीद्वारा एकैदिन २१ लाख ९२ हजार ५०० राजस्व दाखिला « Khabarhub

ट्राफिक प्रहरीद्वारा एकैदिन २१ लाख ९२ हजार ५०० राजस्व दाखिला


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार ३९२ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २१ लाख ९२ हजार ५०० रुपैयाँ राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७१, सङ्केत बत्ती उल्लङ्घनकर्ता १५१ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १४५ जनालाई कारबाही गरिएको छ ।

त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १४५, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १५१, एकतर्फी सडकमा सवारी चलाउने १५९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३९४ गरी कुल दुई हजार ३९२ जनालाई कारबाही गरिएको हो ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  १२ : ३९ बजे

राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाँउपालिका–३ तिल्केनीचौरमा २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा

विद्युतीय गाडी आयातमा कर छली प्रकरणमा अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : खुस्बु ओली

काठमाडौं– राप्रपाका प्रमुख सचेतक खुस्बु ओलीले विद्युतीय गाडी आयातमा कर

राष्ट्रियसभा बैठक पनि अवरुद्ध

काठमाडौं– नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै

करको दरमा गडबडी, राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा उल्लिखित

बालेनलाई हर्कको व्यङ्ग्य : बोलाउँदा आउँदैनन्, बोकेर ल्याउने चलन पनि छैन

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहमाथि