सांसदले मौनधारण गरेपछि सभामुखको गुनासो : यसरी त सभाकै अपमान भयो « Khabarhub

सांसदले मौनधारण गरेपछि सभामुखको गुनासो : यसरी त सभाकै अपमान भयो


२६ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले विपक्षी सांसदहरूले सभाको अपमान गरेको भन्दै आपत्ति जनाएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सचेतक निश्कल राईले सहिदहरूको नाममा ५ मिनेट मौनधारण सुरु गरेपछि सभामुख अर्यालले आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी समय तोकेर सभाको अपमान भएको भन्दै आपत्ति जनाएका हुन् ।

सभामुखले सभा सञ्चालन गर्दै गर्दा सदस्यहरूले आफ्नै विवेकले सभा सञ्चालन गर्नेगरी आफैँले समय तोक्ने कामले सभामाथि अपमान भएको उनले बताए  । उनले सभामा विपक्षी सांसदहरूको अभिव्यक्तिप्रति समेत आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे ।

त्यसअघि कांग्रेसका सचेतक राईले नेपाल देशलाई एकीकरण गर्न र एकताबद्ध राख्न योगदान गर्नेको सम्मानका लागि मौन धारणका लागि आग्रह गरेका थिए । त्यसपछि विपक्षी सांसदहरू मात्रै मौनधारणका लागि उठेका थिए । 

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  २ : ०८ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच