बीमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर « Khabarhub

बीमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– ग्यास्टिक हुँदा खाने प्यान्टाप्राजोल औषधि बजारमा प्रतिट्याबलेट आठ रुपैयाँमा पाइन्छ । त्यही औषधि भरतपुर अस्पतालले १.१२ रुपैयाँमा बिक्री गर्छ सोही औषधि स्वास्थ्य बीमा बोर्डले ‍१.५६ रुपैयाँमा बिक्री मूल्य तोकेको छ । सरसर्ती हेर्दा औषधि उत्पादकबाट उपभोक्तासम्म आई पुग्दाका बीचमा नाफा कति होला  ! 

भरतपुर अस्पतालले बोलपत्रबाट खरिद गर्दाको मूल्यमा २० प्रतिशत नाफा थप गरेर बिक्री गर्दा यो मूल्य आएको हो । यसरी हेर्दा भरतपुर अस्पतालले खरिद गरेको मूल्य र औषधिको एमआरपी (खुद्रा मूल्य) हेर्दा आठ गुणभन्दा बढी फरक परेको छ ।
 
उक्त औषधि मात्रै होइन, प्रोस्टेटका बिरामीले प्रयोग गर्ने सिलोडोसिन ८ एमजीको बजार मूल्य ३५ रुपैयाँ प्रतिट्याबलेट पर्ने औषधि स्वास्थ्य बीमाले सात रुपैयाँ तोकेको छ । 

अस्पतालले बीमाबाहेककालाई  ७.१५ मा कोलेस्ट्रोलका लागि प्रयोग हुने रोजोभास्टिन २० एमजीको खुद्रा मूल्य रु ३८ छ भने स्वास्थ्य बीमाले ३.३८ रुपैयाँ र भरतपुर अस्पतालले त्यही औषधि  १.७२ रुपैयाँमा कलेजोका औषधि युविलिक ३०० एमजी बजार मूल्य ४० रुपैयाँ छ भने स्वास्थ्य बीमाले रु ४.०५ र भरतपुर अस्पतालले ११.२६ मा बिक्री गर्छ ।
 
दम हुँदा तान्ने सेरिडिल २५० को रोटा क्यापको बजार मूल्य प्रतिबट्टा ६०८ छ भने स्वास्थ्य बीमाको ३२३.४० रुपैयाँ र भरतपुर अस्पतालको ३७७.९० रहेको छ । मधुमेहका बिरामीले खाने इन्फाग्लिप्टिन २५ एमजीको बजार मूल्य ३० रुपैयाँ, स्वास्थ्य बीमाको १०.५० रुपैयाँ र भरतपुर अस्पतालको १६.९५ छ । 

अर्का भिटामिन बि १२ का लागि प्रयोग हुने मिथायल कोवालामिन १५०० एमजिीको बजार मूल्य रु १९.८०, स्वास्थ्य बीमा बोर्डले २.७० रुपैयाँ र भरतपुर अस्पतालले १०.५३ रुपैयाँमा बिक्री गर्दै आएको छ ।
 
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विश्ववन्धु बगाले बीमाको दररेटमा कतिपय औषधि बिक्री गर्न कठिन हुने बताउनुहुन्छ । बोलपत्रमार्फत खरिद गरेको मूल्यमा २० प्रतिशत नाफा जोडेर हुने मूल्य वा बीमाले तोकेको मूल्य जुन सस्तो छ बीमाका बिरामीका लागि सोही आधारमा औषधि बिक्री गर्ने गरेको उनले बताए । 
 
बगालेले आफू आए लगत्तै खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी नहुने गरी दररेट निर्धारण गरेको हुँदा कतिपय औषधिमा बिमाले तोकेकोभन्दा सस्तो दररेटमा  औषधि बिक्री गर्न कठिन हुने बताए ।
  
नेपाल औषधि उत्पादक सङ्घ (एपोन) का महासचिव सन्तोष बराल बजार मूल्यको आधारभन्दा सस्तोमा औषधि बिक्री गर्दा नोक्सान हुने बताउनुहुन्छ ।

औषधि उत्पादकले थोक बिक्रेतालाई र थोक बिक्रेताले खुद्रा बिक्रेतालाई औषधि बिक्री गर्दछन् ।  उत्पादक कम्पनीले धेरै मिहिनेत गर्ने हुँदा लागत मूल्य निकै कम हुने औषधिको बजार मूल्य धेरै महँगो हुने गरेको गुनासो आउने गर्दछ । यद्यपि औषधिको नियम र बजार मूल्य सरकारी निकायबाट तय हुने गर्दछ ।
 

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ४ : १४ बजे

कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिना बढीको आयात धान्ने

काठमाडौं– चालु आर्थिक वर्षको १० महिना अर्थात् बैशाख मसान्तसम्म नेपालमा

४१ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, १० महिनामा १९ खर्ब बढी भित्रियो

काठमाडौं– चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाखसम्म नेपालमा विप्रेषण

उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजिप्टका राजदूत शेरिफ मुस्ताफा

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमण : अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर– महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल नहरको

महावीर र सुधनले लिए मन्त्री पदको शपथ, दुवैलाई रोजेकै मन्त्रालय

काठमाडौं- सुधन गुरुङ र महावीर पुनले मन्त्रीको शपथ लिएका छन्