बादल संयोजक रहेको चुनावी समीक्षा समितिको सदस्यसचिवमा शंकर « Khabarhub

बादल संयोजक रहेको चुनावी समीक्षा समितिको सदस्यसचिवमा शंकर


२६ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजक रहेको नेकपा एमालेको चुनावी समीक्षा कार्यदलको सदस्य सचिवमा महासचिव शंकर पोखरेललाई तोकिएको छ।

बादल संयोजक रहेको समितिको सदस्य सचिवमा महासचिव शंकर पोखरेललाई तोक्ने निर्णय अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित भएर च्यासलमा बसेको बैठकले गरेको हो ।

नेकपा एमाले पुनर्गठन तथा चुनावी समीक्षा कार्यदलको सदस्यसचिवको जिम्मेवारी महासचिव शंकर पोखरेललाई दिने निर्णय निर्णय गरेको बैठकमा सहभागी एक नेताले खबरहबलाई जानकारी दिए।

ओलीनिकट शङ्करले यसअगाडि पार्टी पुनर्गठन र पुस्तान्तरण हुनुपर्ने माग सचिवालय बैठकमा उठाएका थिए। बादल भने अहिले पनि ओलीका विश्वास पात्रमा दरिएका छन् ।

बादललाई संयोजकको जिम्मेवारी दिएर सम्पूर्ण काम र गतिविधि ओलीकै कमान्डमा गर्न लागिएको छ।

एमालेका युवा नेता तथा पार्टी सचिवालयका १४ जना नेताहर ओलीको विकल्प खोज्ने पक्षमा छन् । तर ओली आफूलाई टिकाइराख्न नेतृत्व हस्तान्तरणलाई रोक्ने योजना बनाएका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ४ : ३५ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला