आगलागीबाट १२ घर नष्ट, करिब २५ लाख रुपैयाँको क्षति « Khabarhub

आगलागीबाट १२ घर नष्ट, करिब २५ लाख रुपैयाँको क्षति


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

राजविराज– सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आज भएको आगलागीबाट १२ वटा घर नष्ट भएका छन् ।

स्थानीय बुचु खङ्गको घरमा अचानक आगो लागेपछि निजसहित पाँच परिवारका ती घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो आगलागीमा सगन खङ्ग, दुखाई खङ्ग, लखन खङ्ग र नारायण खङ्गको घर जलेको स्थानीयवासी मनोज मेहताले जानकारी दिए ।

आगलागीको कारण खुलेको छैन भने यसबाट करिब २५ लाख रुपैयाँको क्षति भएको उनले बताए । 

स्थानीयवासी तथा प्रहरीले आगो नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ४ : ५६ बजे

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण