नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध : रास्वपा महामन्त्री बुर्लाकोटी « Khabarhub

नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध : रास्वपा महामन्त्री बुर्लाकोटी


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागमती– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कबिन्द्र बुर्लाकोटीले देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न रास्वपा पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

मकवानपुरको हेटौँडामा आजदेखि सुरु भएको रास्वपाको बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै महामन्त्री बुर्लाकोटीले जनताको पक्षमा निरन्तर आवाज उठाउँदै फरक राजनीतिक संस्कार स्थापित गर्ने उद्देश्यका साथ अगाडि बढ्नुपर्ने बताए ।

महामन्त्री बुर्लाकोटीले मुलुक निर्माणका लागि प्रतिस्पर्धात्मक लोकतान्त्रिक अभ्यास आवश्यक रहेको तर्क गर्दै पार्टीमा निर्माण प्रक्रियामा खुला प्रतिस्पर्धा, विचारको बहस र योग्य नेतृत्वको चयन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

रास्वपा बागमती प्रदेश समितिका सभापति डा अच्युतम लामिछानेको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा महामन्त्री बुर्लाकोटीले घण्टी बजाएर अधिवेशनको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली, प्रतिनिधिसभाका सदस्य जगदीश खरेल, खगेन्द्र सुनार, डा तोसिमा कार्कीलगायत प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय नेताको सहभागिता थियो ।

हेटौँडास्थित हिमालय दरबारमा सुरु भएको अधिवेशनले प्रदेश समितिको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाबाट एक हजार ४०० प्रतिनिधिको सहभागिता थियो ।  
 

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ५ : ०० बजे

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण