उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट « Khabarhub

उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजिप्टका राजदूत शेरिफ मुस्ताफा अलसैयद अल्दिवानीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । 

भेटमा शुभकामना आदानप्रदानपश्चात् दुई मुलुकबीचको दीर्घकालीन मित्रता, सद्भाव र समझदारी सम्बन्धका विविध आयाममा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । 

सोही अवसरमा उपराष्ट्रपति यादवले सन् १९५७ जुलाई १६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र इजिप्टबीच कायम रहेको मित्रता र सद्भावपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गरे ।

उनले नेपालले सन् १९६६ मा कायरोमा र इजिप्टले सन् १९७० मा काठमाडौँमा दूतावास स्थापना गरेको उल्लेख गर्दै यसले दुई देशबीचको सौहार्दपूर्ण सम्बन्धको द्योतकका रूपमा कार्य गरेको बताए ।

उनले लामो अन्तरालपछि आजै कायरोमा आयोजना हुन लागेको नेपाल–इजिप्ट द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठकप्रति खुसी व्यक्त गर्दै उक्त बैठकबाट महत्त्वपूर्ण सम्झौता तथा समझदारीपत्रहरूमा हस्ताक्षर हुने र सहकार्यका नयाँ मार्गहरू खुल्ने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति यादवले नेपाल र इजिप्ट दुवै असंलग्न राष्ट्रहरूको समूह (नाम) का संस्थापक सदस्य रहेको, संयुक्त राष्ट्रसङ्घ, जी–७७ तथा विश्व व्यापार सङ्गठनलगायत अन्तरराष्ट्रिय मञ्चहरूमा साझा मुद्दाहरूमा सहकार्य गर्दै आएकामा सन्तोष व्यक्त गरे । 

उनले संसारमा अन्याय, सिमान्तीकरण र गरिबी रहेसम्म असंलग्न आन्दोलनको सान्दर्भिकता कायम रहने समान धारणा नेपाल र इजिप्टबीच रहेको बताए ।

उहाँले इजिप्टले असंलग्न आन्दोलनको नेतृत्व गर्दै आएको ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै इजिप्ट सरकारले नेपाल सरकारका अधिकारीहरूलाई तालिम तथा नेपाली विद्यार्थीहरूलाई विभिन्न संकायमा छात्रवृत्ति प्रदान गर्दै आएकामा धन्यवाद व्यक्त गरे ।

इजिप्टको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति यादवले महामहिम राजदूतमार्फत इजिप्टका महामहिम राष्ट्रपति, सरकार तथा मित्रवत जनतालाई बधाई दिँदै इजिप्टका जनताको निरन्तर शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरे ।

उनले महामहिमको कार्यकालमा नेपाल र इजिप्टबीचको सम्बन्ध थप सुमधुर र फलदायी हुने विश्वास पनि व्यक्त गरे ।

सो अवसरमा इजिप्टका राजदूत शेरिफ मुस्ताफा अलसैयद अल्दिवानीले नेपाल र इजिप्टबीचको मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

‘इजिप्ट नेपालको हरेक क्षेत्रमा सहयोग गर्न तयार छ, विशेषतः सैनिक तथा कृषि क्षेत्रमा सहयोग गर्न इच्छुक छ’, उनले भने, ‘नेपालमा रासायनिक मल उपलब्ध गराउन इजिप्ट सहयोग गर्न चाहन्छ । साथै, इजिप्टका कृषि विशेषज्ञहरूलाई नेपाल आमन्त्रित गरी यहाँको कृषिको स्तर उकास्न तत्पर छ ।’ 

राजदूत अल्दिवानीले आफ्नो कार्यकालको अवधिमा नेपाललाई इजिप्टले प्रदान गर्दै आएको छात्रवृत्तिको सङ्ख्या वृद्धि गर्न विशेष प्रयत्न रहने स्पष्ट गरे ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ५ : २९ बजे

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण