काठमाडौँ- प्रधानमन्त्री बालेन शाह नेतृत्वको क्याबिनेमा दुई अनुहार आएका छन् । सुधन गुरुङले पुनरागमन गर्दा अन्तरिम सरकारमा शिक्षा मन्त्री बनेका महावीर पुनलाई पनि अवसर दिएको छ।
दुईजना थपिएसँगै मन्त्रिपरिषद् पुनर्गठन गर्दा बालेनको साथमा अब रक्षा मन्त्रालयमात्रै बाँकी भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा मंगलबार मन्त्रिपरिषद्को पुनर्गठन, नियुक्ति र कार्यविभाजन स्वीकृत गरेका थिए ।
राष्ट्रपति कार्यालयद्वारा मंगलबार जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री शाहले अब रक्षा मन्त्रालयको जिम्मेवारी मात्रै आफूसँग राखेका छन्।
पुनर्गठित मन्त्रिपरिषद्मा सुधन गुरुङ गृह मन्त्रालयको जिम्मेवारीसहित सरकारमा फर्किएका छन् । महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त भएका छन्।
दुवैले मंगलबार राष्ट्रपति भवनमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
मन्त्रिपरिषद्को नयाँ कार्यविभाजनअनुसार स्वर्णिम वाग्ले अर्थमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र सुनिल लम्साल पूर्वाधार विकासमन्त्री बनेका छन्।
त्यसैगरी सोबिता गौतमलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी यथावत छ।
मन्त्रीहरूको जिम्मेवारी
| नाम | मन्त्रालय |
| वालेन्द्र शाह | प्रधानमन्त्री तथा रक्षा मन्त्रालय |
| डा. स्वर्णिम वाग्ले | अर्थ मन्त्रालय |
| शिशिर खनाल | परराष्ट्र मन्त्रालय |
| विराजभक्त श्रेष्ठ | ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय |
| सुधन गुरुङ | गृह मन्त्रालय |
| सुनिल लम्साल | पूर्वाधार विकास मन्त्रालय |
| सोविता गौतम | कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय |
| महावीर पुन | विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय |
| सीता बादी | महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय |
| प्रतिभा रावल | भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय |
| निशा मेहता | स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय |
| सस्मित पोखरेल | शिक्षा तथा खेलकुद मन्त्रालय |
| खड्कराज पौडेल | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय |
| डा. विक्रम तिमिल्सिना | सूचना तथा सञ्चार मन्त्रालय |
| गीता चौधरी | कृषि, वन तथा वातावरण मन्त्रालय |
| गौरी कुमारी | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय |
| रामजी यादव | युवा, श्रम तथा रोजगार मन्त्रालय |












प्रतिक्रिया