गृहमन्त्रीमा पदभारलगत्तै सुधनले गरे नारायणहिटी हत्याकाण्ड छानबिनसहित चारवटा निर्णय « Khabarhub

गृहमन्त्रीमा पदभारलगत्तै सुधनले गरे नारायणहिटी हत्याकाण्ड छानबिनसहित चारवटा निर्णय


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्रीमा दोस्रो पटक शपथ लिएका सुधन गुरुङले गम्भीर प्रकृतिकासहित चारवटा निर्णय गरेका छन्।

उनले पदभार ग्रहणका क्रममा मंगलबार चारवटा निर्णय गरिएको बताएका छन्।

उनले गत भदौमा भएको जेन-जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग लागेका मुद्दा फिर्ता गर्न सकिने नसकिनेबारे छानबिनका लागि कार्यदल गठन गर्ने निर्णय भएको बताए ।

त्यसैगरी राजा वीरेन्द्र शाहको वंशनास हुने गरी २०५८ जेठ १९ गते भएको नारायणहिटी हत्याकाण्डबारे थप छानबिन प्रक्रिया अघि बढाउने निर्णय भएको पनि गुरुङले बताए । उनले उक्त हत्यकाण्डसम्बन्धी यसअघि भएका छानबिनका सबै फाइल खोल्दै नयाँ छानबिन प्रक्रिया अघि बढाउने पनि घोषणा गरे ।

यस्तै गृहमन्त्रालय र मातहतका निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन एसआईभीटी गठन गर्ने निर्णय भएको पनि उनले बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोअन्तर्गतका पेन्डिङ फाइल तत्काल टुंगो लगाउन द्रुत गतिमा काम थालिने उनले बताए । अब ब्यूरोमा विशिष्ठिकृत समूह बनाएर सबै मुद्दाको फाइल खोलिने पनि उनले बताए ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ७ : ०८ बजे

भोटेकोशीले पढाएको पाठ : नेपाल-चीन-भारत भौगर्भिक सहकार्य

काठमाडौं– सन् २०२६ अगस्ट २६ मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई

सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्