जेन-जी आन्दोलनमा लागेका फौजदारी मुद्दा फिर्ता लिँदै गृहमन्त्री « Khabarhub

जेन-जी आन्दोलनमा लागेका फौजदारी मुद्दा फिर्ता लिँदै गृहमन्त्री


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो पटक गृहमन्त्रीको कुर्सीमा पुगेका सुधन गुरुङले गत २०८२ भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा संलग्नलाई लागेका फौजदारी अभियोगका मुद्दा फिर्ता लिने तयारी गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा गुरुङले त्यस कार्यलाई अघि बढाउन अलग्गनै कार्यदल गठन गर्ने पनि घोषणा गरेका छन् ।

गृहमन्त्री गुरुङले यसलाई आफ्नो पहिलो निर्णयका रुपमा सार्वजनिक गरे। उनले जेन-जी आन्दोलनसम्बन्धी घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने-नसकिने सिफारिससहितको प्रतिवेदन पेश गर्न कार्यदल बनाउने बताएका हुन् ।

मंगलबार मात्रै पनि जेन-जी आन्दोलनमा सहभागी भएर फौजदारी मुद्दा खेपिरहेकाहरूका आफन्तले शीतल निवासमा प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ७ : ४४ बजे

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण