संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ प्रक्रिया सुरु हुने « Khabarhub

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ प्रक्रिया सुरु हुने


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । आज संसदीय सुनुवाइ समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।

संसदीय सुनुवाइ समितिको बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्नेछ ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा सुनुवाइ प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको छ ।

संवैधानिक परिषद्को गत शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मोरङका मानबहादुर कार्की तथा दुई आयुक्तमा काठमाडौँका डा. राजीव सुब्बा र ओखलढुंगाका गुरु वाग्लेलाई नियुक्तिका लागि सिफारिस गरेको थियो।

तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अवकाश पाएपछि निर्वाचन आयोग प्रमुख आयुक्तविहीन छ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको नेतृत्वमा भएको थियो । कार्यवाहक प्रमुखको जिम्मेवारी रामप्रसाद भण्डारीले पाउनुभएको थियो ।

यसैगरी, कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत अनुसन्धान केन्द्र एवं कार्यक्रमहरुको संसदीय अनुगमन टोलीद्वारा गरिएका स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको समीक्षा गर्ने कार्यसूची रहेको छ ।

यस्तै, कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितको प्रतिवेदन–२०८३ पेस र छलफल गर्ने कार्यक्रम छ । यस्तै, विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरुको मानवअधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको समयावधि थप गर्ने विषयमा छलफल हुनेछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको कार्यविधिका सम्बन्धमा छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ७ : ३२ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय