बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह « Khabarhub

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका बेला कालीकोटमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । पशु सेवा कार्यालय कालीकोटले बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरेको हो ।

जिल्लाभित्र कुखुरामा बर्डफ्लु फैलिन सक्ने भएकाले सतर्कताका साथ पूर्वतयारीमा रहन कुखुरापालक किसानलाई अनुरोध गरिएको छ । कुखुरा फार्म, मासु पसल तथा कुखुरापालक किसानलाई रोग नियन्त्रणका लागि पूर्वतयारीमा रहन अनुरोध गरिएको जिल्ला पशु कार्यालयका प्रमुख धनबहादुर महतले जानकारी दिए ।

‘हालसम्म जिल्लामा बर्डफ्लुको कुनै शङ्कास्पद घटना वा सङ्क्रमण पुष्टि भएको छैन्,’ उनले भने, ‘रोग नियन्त्रणका लागि आवश्यक सतर्कता अपनाई सचेतना फैलाउने काम भइरहेको छ ।’

जिल्ला बाहिरबाट जीवित कुखुरा तथा चल्ला भित्र्याउँदा निगरानी बढाउने, फार्ममा जैविक सुरक्षाका मापदण्ड पालना गर्ने, अनावश्यक व्यक्तिलाई प्रवेश नदिने, दाना–पानी सफा राख्ने तथा कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर मात्र उपभोग गर्न आग्रह गरिएको प्रमुख महतले बताए ।

उनका अनुसार कुखुरामा शङ्कास्पद लक्षण देखिएमा नजिकको पशु सेवा कार्यालयलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ८ : ०२ बजे

कोशीमा पनि टुट्दै एमाले-ग्रेस गठबन्धन, मुख्यमन्त्री कार्की संकटमा

काठमाडौं– कोशी प्रदेशमा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन

मन्त्रिपरिषद्का सात निर्णय : मिटरब्याजपीडितसँग वार्ता टोली गठनदेखि नयाँ सिक्का टक्मरीसम्म

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मिटरब्याज (अनुचित लेनदेन)

वालेन्द्रलाई राजेन्द्रले भने : गणतन्त्र र संघीयता भत्काउन तयार भए सरकारलाई सघाउँछौँ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष

सुकुम्वासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र (तस्बिरहरू)

काठमाडौं– सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी

रूस–युक्रेन द्वन्द्व चर्कियो, ड्रोन र क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु

काठमाडौं– रूस र युक्रेनबीच जारी युद्धका क्रममा बिहीबार भएका ड्रोन