कालीकोटमा कालाजारका बिरामी भेटिए « Khabarhub

कालीकोटमा कालाजारका बिरामी भेटिए


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कालीकोट– हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाइबाट लाग्ने रोगका बिरामी फेला पर्न थालेका छन् । कालीकोटमा लामाखुट्टेको टोकाइबाट लाग्ने रोग डेङ्गी, औलो र कालाजारका बिरामी भेटिन थालेका हुन् ।

विगतमा तराई र पहाडका जिल्लामा मात्र देखिने गरेको लामखुट्टेका कारणले लाग्ने रोग केही वर्षयता हिमाली जिल्लामा देखिन थालेको छ । जिल्लामा आर्थिक २०८२–८३ मा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी, औलो र कालाजारका १९ बिरामी भेटिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए । उनका अनुसार डेङ्गीका १०, कालाजारका आठ र औलोका एक जना एक बिरामी भेटिएका छन् ।

जिल्लाका नौ पालिकामध्ये ६ पालिकामा डेङ्गी, औलो र कालाजारका बिरामी भेटिएको जनस्वास्थ्य अधिकृत महतले बताए । ‘जिल्लाका नौ पालिकामध्ये खाँडाचक्र नगरपालिका डेङ्गीका आठ, पलाँता गाउँपालिका एक, नरहरिनाथ गाउँपालिका एक जना बिरामी भेटिएका छन् ।

त्यस्तै, कालाजारका खाँडचक्र नगरपालिका दुई, पचालझरना गाउँपालिका दुई, रास्कोट नगरपालिका, शुभकालिका, पलाँता र नरहरिनाथ गाउँपालिकामा एकएक जना, बिरामी भेटिएका छन्’, उनले भने, ‘औलो रोगका बिरामी खाँडाचक्र–२ मा एक जनामा भेटिएको थियो । यो भने आयतित बिरामी थिए ।’

जलवायु परिवर्तनका कारणले तापक्रम बढ्दै जाँदा पहिले चिसो मानिने क्षेत्रमा लामखुट्टे बाँच्न र प्रजनन गर्न सक्षम भएका र जिल्लाबाट धेरै मानिसहरु तराईका जिल्लाबाट आउने–जाने भएकाले पनि पछिल्लो चरणमा डेङ्गी, औलो र कालाजारका बिरामी भेटिने गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख रत्नवीर सुनारले बताए ।

‘सडक निर्माण, बजार विस्तार तथा अव्यवस्थित बस्तीका कारण पानी जम्ने ठाउँ बढ्दा लामखुट्टे हुर्कन अनुकूल वातावरण बन्छ । त्यो कारणले पनि जिल्लामा डेङ्गी, औलो र कालाजारका बिरामी भेटिन थालेका हुन्’, उनले भने, ‘विशेष गरेर जिल्लाका तल्लो भेग कर्णाली नदी र तिला नदी किनार आसपासका क्षेत्रमा लामखुट्टेबाट सर्ने रोगका बिरामी भेटिएका छन् ।’

जिल्लामा डेङ्गी, औलो र कालाजारका सङ्क्रमणका बिरामी भेटिन थालेपछि महामारीको रुपमा फैलिन नदिनका लागि स्वास्थ्य संस्थाहरुसँग समन्वय गरेर लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी रोग नियन्त्रण शाखाका प्रमुख हेमराज बमले बताए ।

‘लामखुट्टेको जोखिम देखिएका जिल्लाका विभिन्न ठाउँमा स्थानीय स्वास्थ्य संस्थाहरुको सहयोगमा लार्भा खोज्ने र नष्ट गर्ने तथा सचेतनाको अभियान सञ्चालन गरेका छौँ’, उनले भने, ‘विशेष गरेर डेङ्गी, औलो र कालाजार बिरामी भेटिएका क्षेत्रमा घरभित्र र बाहिर पानी जम्ने ठाउँहरु सफा गर्ने र लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग विषयमा जानकारी गराएका छौँ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  १० : ४५ बजे

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु- शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गरेका

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान