गरिबी न्यूनीकरणमा सघाउन विज्ञहरू संसारभर पठाउने चीनको प्रस्ताव  « Khabarhub

गरिबी न्यूनीकरणमा सघाउन विज्ञहरू संसारभर पठाउने चीनको प्रस्ताव 


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

निङ्सिया– चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाईयानले गरिबी न्यूनीकरण र साझा विकासका लागि विकासशील देशहरूसँग व्यावहारिक सहकार्यलाई विस्तार गरिने बताएकी छन्।

‘नयाँ युगका लागि चिनियाँ विशेषतायुक्त समाजवादसम्बन्धी सी चिनफिङ विचार र विश्वसँग यसको सान्दर्भिकता’ विषयक अन्तर्राष्ट्रिय सेमिनारअन्तर्गत बिहीबार चीनको निङ्सियामा आयोजित ‘एशियामा गरिबी न्यूनीकरणका अनुभवबारे आदानप्रदान तथा संवाद’ कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

चीनले विकासशील देशका थप प्रतिनिधिलाई अध्ययन भ्रमण, अनुभव आदानप्रदान र व्यावसायिक तालिमका लागि आमन्त्रण गर्ने योजना रहेको उनले बताइन्।

उनले चीन आफ्ना प्रविधि, विकास अनुभव र गरिबी न्यूनीकरणका अभ्यासहरू खुला रूपमा साझेदारी गर्न तयार रहेको उल्लेख गर्दै चिनियाँ विज्ञहरू सम्बन्धित देशमा पुगेर स्थानीय आवश्यकता अनुसार मार्गदर्शन गर्न पनि इच्छुक रहेको बताइन्।

सुनले द्विपक्षीय तथा क्षेत्रीय सहकार्यका संयन्त्रमार्फत थप ठोस परियोजना अघि बढाइने जानकारी दिँदै अफ्रिका, ल्याटिन अमेरिका, क्यारिबियन र मध्यपूर्वमा जस्तै अन्य क्षेत्रहरूमा पनि सहकार्य विस्तार गरिने बताइन्। 

चीनका सफल विकास अनुभवबाट सबै विकासशील देशले लाभ लिन सक्ने उनको भनाइ थियो।

उनले गरिबी न्यूनीकरण, आर्थिक विकास र साझा समृद्धिसम्बन्धी विचार तथा अभ्यासमा निरन्तर अन्तर्राष्ट्रिय संवाद आवश्यक रहेको उल्लेख गरिन्। 
यस्ता संवादले अनुभव आदानप्रदान मात्र नभई सहभागी राष्ट्रहरूबीच आत्मविश्वास र पारस्परिक प्रेरणा पनि बढाउने उनले बताइन् ।

सम्बोधनका क्रममा उनले चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा भएको २५ हजार ली लामो मार्च (लङ मार्च) को उदाहरण दिँदै कठिन परिस्थितिले पार्टीलाई अझ बलियो, एकताबद्ध र जनसमर्थन प्राप्त बनाउन मद्दत गरेको स्मरण गरिन्।

उनले वर्तमान विश्वका चुनौती सामना गर्न चीन र विकासशील देशहरू एकअर्काको साथमा रहने विश्वास व्यक्त गर्दै एकता, दृढता र सहकार्यका माध्यमबाट साझा विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिनेमा जोड दिइन् ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ३ : ५५ बजे

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको