अर्थसंक्षेप : बजार ओरालो लागेपछि लगानीकर्तालाई सेबोनको आश्वासन, २४ दिनमा ३० अर्ब ५० करोड बढी पुँजीगत खर्च, सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली चल्ने र नेप्से परिसूचक १९ अंकले घट्यो « Khabarhub

अर्थसंक्षेप : बजार ओरालो लागेपछि लगानीकर्तालाई सेबोनको आश्वासन, २४ दिनमा ३० अर्ब ५० करोड बढी पुँजीगत खर्च, सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली चल्ने र नेप्से परिसूचक १९ अंकले घट्यो


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ

सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजारका लगानीकर्तालाई आश्वासन पार्दै विज्ञप्ति सार्वजनिक गरेको छ ।

सेबोनले बिहीबार विज्ञप्ति जारी गर्दै पुँजी बजारमा देखिएका विद्यमान समस्या समाधान र लगानीकर्ताको हित संरक्षणका लागि आगामी साताभित्र समयबद्ध कार्ययोजना सहितको ‘पूँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्ने जनाएको हो ।

धितोपत्र बजारमा हाल देखिएका समस्या र लगानीकर्ताका गुनासोप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसका लागि आवश्यक गृहकार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

बजारलाई थप स्वस्थ, सुरक्षित र प्रभावकारी बनाउन धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली, र सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका लगायतका कानुनी व्यवस्थाहरूको समसामयिक पुनरावलोकन गर्ने कार्य समेत बोर्डले प्रारम्भ गरिसकेको छ ।

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धता

एक्स्ट्रिम इनर्जी ड्रिंक्स : एनपीएलका छ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

कुमारी बैंक र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङबीच रणनीतिक साझेदारी

बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो

असारे खर्च : २४ दिनमा ३० अर्ब ५० करोड बढी पुँजीगत खर्च

चालु आर्थिक वर्षको अन्तिम महिनामा पनि विगतमा झैँ असारे खर्चको प्रवृत्ति देखिएको छ । पछिल्लो असार महिनामा सरकारले पुँजीगत खर्च दैनिक सबा अर्ब भन्दा धेरैले गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको हो ।

चालु आर्थिक वर्षको असार २४ गतेसम्म सरकारले १ खर्ब ६३ अर्ब १७ करोड ३४ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । जबकी जेठ मसान्तसम्म यस्तो खर्च १ खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।

जुन खर्च २४ दिन अगाडिको तुलनामा ३० अर्ब ५० करोड ५७ लाख रुपैयाँले धेरै हो ।

सो तथ्यांकले सरकारले पछिल्लो २४ दिनमा पुँजीगत खर्च दैनिक १ अर्ब २७ करोड १० लाख ७० हजार रुपैयाँका दरले गरेको छ । जबकी चालु आर्थिक वर्षको असार २४ गतेसम्म सरकारको दैनिक पुँजीगत खर्च औसतमा ४५ करोड ७० लाख ६८ हजार ३४७ रुपैयाँ रहेको देखिन्छ ।

जलविद्युत् क्षेत्रको सुधारले नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण

नेप्से परिसूचक १९ अंकले घट्यो

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सुत्र प्रणाली बन्द हुने

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ७ : ०८ बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा