टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते « Khabarhub

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–१६ स्थित पत्थर खोलाको पुलनजिक गुडिरहेको माईक्रो बस (ईभी हाइस) पल्टिँदा ६ जना घाइते भएका छन्।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ज १००० नम्बरको ईभी हाइसको अगाडिको बायाँतर्फको टायर अचानक पन्चर भएपछि अनियन्त्रित भई सडकमै पल्टिएको हो। चालक र सहचालकसहित ७ जना सवार उक्त गाडी दुर्घटनामा पर्दा ६ जना घाइते भएका छन्।

दुर्घटनामा परी घाइते हुनेहरूमा नवलपुर कावासोती–३ का ७४ वर्षीय सुरेश कुँवर र उनकी ६२ वर्षीया श्रीमती लालकुमारी कुँवर, सुर्खेत वीरेन्द्रनगर–२ का ४५ वर्षीय धनराज बुढा, वीरेन्द्रनगर–६ का ३६ वर्षीय बलबहादुर बुढा तथा नवलपरासी (पश्चिम) सरावल गाउँपालिका–३ का ५५ वर्षीय विद्यासागर लोना चमार रहेका छन्। घाइते सबैको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, दुर्घटनामा सामान्य घाइते भएका कावासोती–८ का २७ वर्षीय चालक होरामणी महतोको कालीगण्डकी अस्पतालमा उपचारपश्चात् प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १० : ०५ बजे

बालेनको ककपिटमा नअटाएका रवि !

दुई दाजुभाइ नदी किनारमा घुम्न गएछन् । घुम्दै जाँदा झुक्किएर

हेटौँडा कपडा उद्योग चलाउनु राजनीतिक नाटक मात्रै हो : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ठोस र

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु