कोलम्बियामा शक्तिशाली भूकम्प, ठूलो क्षतिको आशङ्का « Khabarhub

कोलम्बियामा शक्तिशाली भूकम्प, ठूलो क्षतिको आशङ्का


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार बिहान ७:३४ बजे गएको उक्त भूकम्पको झट्का देशका विभिन्न शहरहरूमा महसुस गरिएको थियो ।

भूकम्पको केन्द्रविन्दु राजधानी बोगोटाबाट लगभग २८० किलोमिटर पश्चिममा पर्ने चोको विभागको सान जोसे डेल पाल्मारमा १०७ किलोमिटर गहिराइमा रहेको थियो ।

भूकम्पका कारण चोको क्षेत्रमा क्षति पुगेको छ । चोकोकी गभर्नर न्युबिया क्यारोलिना कोर्डोबा कुरीले क्षेत्रीय राजधानी क्विब्डोमा केही मानिसहरू घाइते भएको र भवनहरूमा गम्भीर क्षति पुगेको पुष्टि गरेकी छन् । उनले पराकम्पहरू आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।

यसैगरी, देशको राजधानी बोगोटामा पनि भूकम्पको कडा झट्का महसुस गरिएको थियो। झट्का लगत्तै चेतावनी साइरन बजेका थिए भने सावधानी अपनाउँदै मानिसहरू भवनहरूबाट बाहिर सडकमा निस्किएका थिए ।

बोगोटाका मेयर कार्लोस गालानले सामाजिक सञ्जाल एक्समा जानकारी दिँदै राजधानीमा अहिलेसम्म कुनै मानवीय क्षति वा ठूलो संरचनात्मक क्षतिको विवरण नआएको र केही भवनहरूमा सामान्य चर्किएको मात्र पाइएको बताएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ७ : ४४ बजे

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका