इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी « Khabarhub

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५०० हेक्टरभन्दा बढी क्षेत्रलाई नष्ट गरेको अधिकारीले बताएका छन् । इन्डोनेसियाली आगो नियन्त्रकहरूले हेलिकप्टर र ड्रोनको सहयोगमा सोमबार आठौं दिनसम्म आगो नियन्त्रण लिने सङ्घर्षरत रहेका छन् ।

यो आगोले लोकप्रिय पर्यटकीय गन्तव्य ब्रोमो तेङ्गर सेमेरु राष्ट्रिय निकुञ्ज बन्द गर्न बाध्य बनाएको छ र ७०० भन्दा बढी फुटबल मैदान बराबरको क्षेत्र जलाएको छ । “सोमबारसम्ममा आगो निकुञ्जको डिङक्लिक उपत्यका क्षेत्रको आवासीय क्षेत्रतर्फ फैलिएको जाभा विपद् न्यूनीकरण एजेन्सीका पूर्व अधिकारी सात्रियो नुरसेनोले बताए ।

दुई वटा पानी छर्ने हेलिकोप्टर, कैयौँ दमकल र ‘स्प्रिङ्कलर’ सहितका ड्रोनहरूले आगोसँग लड्न खटाइएका वन रक्षक र सैनिकहरूलाई सहयोग गरिरहेका सात्रियोले बताए। वन मन्त्री राजा जुली एन्टोनीले आइतबार भने, “बादल नभएकाले ब्रोमो क्षेत्रमाथि वर्षा गराउन ‘क्लाउड–सिडिङ मिसन’ उडाउन केही दिनसम्म सम्भव हुने छैन।”

‘क्लाउड–सिडिङ मिसन’ मा विमानबाट बादलमा सिल्भर आयोडाइड र नुन जस्ता कण छर्केर वर्षा गराइन्छ। सन् २०२३ मा ब्रोमो पर्वतमा विवाहपूर्वको फोटो लिने क्रममा एक जोडीले पटाका बाल्दा सुरु भएको आगोले ५०० हेक्टरभन्दा बढी भूमि नष्ट गरेको थियो ।

राष्ट्रिय मौसम निकायका अनुसार यस वर्ष इन्डोनेसियामा लामो र तीव्र सुख्खा मौसम अनुभव हुने पूर्वानुमान छ, जसमा आंशिक रूपमा एल निनो मौसमी घटनाका कारण खडेरी र जङ्गली आगोको उच्च जोखिम छ ।

एल निनो एउटा प्राकृतिक रूपमा हुने जलवायु घटना हो जसले विश्वव्यापी रूपमा हावा, वायुको चाप र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ। भारत र दक्षिण–पूर्वी एसियामा यसले सामान्यतया सुख्खा अवस्था सिर्जना गर्छ।

गत एल निनोले सन् २०२३ र सन् २०२४ लाई विश्वव्यापी रूपमा रेकर्डमा सबैभन्दा तातो दुई वर्ष बनाउन मद्दत गरेको थियो । यस वर्षको पहिलो छ महिनामा देशभर एकलाख सात हजार हेक्टरभन्दा बढी भूमि जलेको छ । यो सन् २०२३ मा जङ्गली आगोबाट नष्ट भएको क्षेत्रभन्दा दोब्बरभन्दा बढी हो।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ८ : १६ बजे

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी