एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल « Khabarhub

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ । ओमानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो ।

दुवै टोली फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। नेपाल समूह ‘ए’ को विजेता र ओमान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन्।

समूह चरणका चारमध्ये तीन खेल जित्दै नेपाल शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुगेको हो। टोलीले पहिलो खेलमा बहराइनलाई ७ विकेट, दोस्रो खेलमा मलेसियालाई ६ विकेट र तेस्रो खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो। अन्तिम खेलमा भने नेपाल हङकङसँग १५ रनले पराजित भएको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबीचको पछिल्ला भेटहरूमा नेपालको पल्ला भारी देखिएको छ। दुई टोलीबीच भएका पछिल्ला ५ ओडीआई खेलमध्ये नेपालले ३ खेलमा जित दर्ता गरेको छ भने ओमानले २ खेल आफ्नो पक्षमा पारेको छ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ७ : १२ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित