कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती « Khabarhub

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

एसीसी प्रिमियर कपको सेमिफाइनल


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई १४८ रनको सामान्य लक्ष्य दिएको छ । ओमानले टस जितेर फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको नेपाल १४७ रन बनाउँदा ४५ ओभर दुई बलमा अलआउट भएको हो ।

ओपनिङ ब्याटिङ संकटमा परेको अवस्थामा पाँचौ विकेटका लागि दीपेन्द्रसिंह ऐरीले बसिर अहमेदसँग ९३ रनको साझेदारी गरे पनि अन्य ब्याट्सम्यान टिक्न नसक्दा नेपालको ब्याटिङ कमजोर बनेको हो । दीपेन्द्रले ७२ बलमा ५० अर्धशतक बनाए। बसिर ८८ बल खेल्दा ४७ रन बनाएर आउट हुँदा दीपेन्द्र ७६ बलको सामना गर्दा ५१ रन बनाएर आउट भए ।

नेपालका ओपनर आशिफ शेख ११ र देव खनाल १३ रनमा आउट हुँदा इशान पाण्डे एक र रोहित पौडेलले तीन रन मात्र जोडे । दीपेन्द्र र बसिरबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । गुल्सन झा ७, करण केसी ५ रनमा आउट हुँदा कप्तान सन्दीप लामिछाने तीन रन मात्र बनाए । अन्तिमक्रममा आएका शेर बल्ल र ललितनारायणा राजवंशी शून्यमै आउट हुँदा नेपाल १४७ रनमा समेटिएको हो ।

नेपाललाई सस्तैमा समेट्न ओमानका लागि जय विराम ओडेदाराले तीन विकेट हात पार्दा हसनैन शाह रमोहम्मद इमरानले दुईदुई विकेट हात पारे । नेपालले दिएको १४८ रनको सामान्य लक्ष्य केहीबेरमा ओमानले पछ्याउने छ ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  १० : ४१ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित