कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती « Khabarhub

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

एसीसी प्रिमियर कपको सेमिफाइनल


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई १४८ रनको सामान्य लक्ष्य दिएको छ । ओमानले टस जितेर फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको नेपाल १४७ रन बनाउँदा ४५ ओभर दुई बलमा अलआउट भएको हो ।

ओपनिङ ब्याटिङ संकटमा परेको अवस्थामा पाँचौ विकेटका लागि दीपेन्द्रसिंह ऐरीले बसिर अहमेदसँग ९३ रनको साझेदारी गरे पनि अन्य ब्याट्सम्यान टिक्न नसक्दा नेपालको ब्याटिङ कमजोर बनेको हो । दीपेन्द्रले ७२ बलमा ५० अर्धशतक बनाए। बसिर ८८ बल खेल्दा ४७ रन बनाएर आउट हुँदा दीपेन्द्र ७६ बलको सामना गर्दा ५१ रन बनाएर आउट भए ।

नेपालका ओपनर आशिफ शेख ११ र देव खनाल १३ रनमा आउट हुँदा इशान पाण्डे एक र रोहित पौडेलले तीन रन मात्र जोडे । दीपेन्द्र र बसिरबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । गुल्सन झा ७, करण केसी ५ रनमा आउट हुँदा कप्तान सन्दीप लामिछाने तीन रन मात्र बनाए । अन्तिमक्रममा आएका शेर बल्ल र ललितनारायणा राजवंशी शून्यमै आउट हुँदा नेपाल १४७ रनमा समेटिएको हो ।

नेपाललाई सस्तैमा समेट्न ओमानका लागि जय विराम ओडेदाराले तीन विकेट हात पार्दा हसनैन शाह रमोहम्मद इमरानले दुईदुई विकेट हात पारे । नेपालले दिएको १४८ रनको सामान्य लक्ष्य केहीबेरमा ओमानले पछ्याउने छ ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  १० : ४१ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब