सरकारलाई विपक्षीले भने- बाढीपीडितको धैर्य टुट्ने बेला भयो, विशेष समिति बनाऊँ « Khabarhub

सरकारलाई विपक्षीले भने- बाढीपीडितको धैर्य टुट्ने बेला भयो, विशेष समिति बनाऊँ


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा प्रतिधित्व गर्ने विपक्षी दलहरूले विपद् व्यवस्थापन, राहत, उद्धार, खोजी र पुनर्स्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।  

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको विपक्षी दलको बैठकले सरकारी राहत–उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव दिने र संसदीय तवरबाट आवश्यक सहजीकरणको लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले जानकारी दिइन् ।

सरकारले हालसम्म समिति गठन नगरेको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्न संसद्मा सशक्त रूपमा आवाज उठाउने र सरकारको निरन्तर ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताइन् ।

बैठकले हालसम्म उद्धार तथा खोजीमा खटिएका निकायहरू र भएका कामलाई धन्यवाद दिँदै पूर्वतयारी र सुरुआती चरणमा पर्याप्त सल्लाह–परामर्श एवं समन्वय नहुँदा केही कमीकमजोरी देखिएको निष्कर्ष निकालेको अर्यालले जानकारी दिइन् । 

उनले जनताको धैर्यता टुट्न नदिन सरकारले तत्काल अस्थायी पुनर्स्थापनाको काम तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिएको उल्लेख गरिन् ।

राष्ट्रिय विपत्तिको घडीमा दलीय राजनीतिक स्वार्थ र एजेन्डाहरूलाई पूर्ण रूपमा पन्छाएर सरकारसँग हातेमालो गर्ने प्रतिपक्षी दलहरूको साझा प्रतिबद्धता रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  १ : १५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली