सरकारलाई विपक्षीले भने- बाढीपीडितको धैर्य टुट्ने बेला भयो, विशेष समिति बनाऊँ « Khabarhub

सरकारलाई विपक्षीले भने- बाढीपीडितको धैर्य टुट्ने बेला भयो, विशेष समिति बनाऊँ


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा प्रतिधित्व गर्ने विपक्षी दलहरूले विपद् व्यवस्थापन, राहत, उद्धार, खोजी र पुनर्स्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।  

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको विपक्षी दलको बैठकले सरकारी राहत–उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव दिने र संसदीय तवरबाट आवश्यक सहजीकरणको लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले जानकारी दिइन् ।

सरकारले हालसम्म समिति गठन नगरेको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्न संसद्मा सशक्त रूपमा आवाज उठाउने र सरकारको निरन्तर ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताइन् ।

बैठकले हालसम्म उद्धार तथा खोजीमा खटिएका निकायहरू र भएका कामलाई धन्यवाद दिँदै पूर्वतयारी र सुरुआती चरणमा पर्याप्त सल्लाह–परामर्श एवं समन्वय नहुँदा केही कमीकमजोरी देखिएको निष्कर्ष निकालेको अर्यालले जानकारी दिइन् । 

उनले जनताको धैर्यता टुट्न नदिन सरकारले तत्काल अस्थायी पुनर्स्थापनाको काम तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिएको उल्लेख गरिन् ।

राष्ट्रिय विपत्तिको घडीमा दलीय राजनीतिक स्वार्थ र एजेन्डाहरूलाई पूर्ण रूपमा पन्छाएर सरकारसँग हातेमालो गर्ने प्रतिपक्षी दलहरूको साझा प्रतिबद्धता रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  १ : १५ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध