युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान « Khabarhub

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ दल ‘युनाइटेड रसिया’ विरुद्ध मतदान गर्न युद्धविरोधी रुसी नागरिकलाई आह्वान गरेका छन् ।

याशिनले सेप्टेम्बर २० को दिउँसो युद्धविरोधी नागरिकलाई मतदान केन्द्रमा एकै समयमा पुगेर सत्तारूढ दलविरुद्ध मतदान गर्न आग्रह गरे । उनका अनुसार यो अभियानको उद्देश्य निर्वाचनको परिणाम परिवर्तन गर्नु मात्र नभई युक्रेनमाथिको युद्धप्रतिको विरोधलाई सामूहिक रूपमा प्रदर्शन गर्नु हो।

‘युद्धविरोधी रुसी नागरिक एकै समयमा मतदान केन्द्रमा पुगेर लामबद्ध भए हामी कति सङ्ख्यामा छौँ भन्ने विश्वले देख्न सक्छ,’ याशिनले बताए। 

यद्यपि निर्वाचनको नतिजाबारे आफूलाई कुनै शङ्का नरहेको उनको भनाइ छ।

रुसको निर्वाचन प्रक्रिया लामो समयदेखि कडा सरकारी नियन्त्रणमा रहेको तथा विगतका निर्वाचनमा धाँधली, दबाब र विपक्षी गतिविधिमाथि प्रतिबन्ध लगाइएको आरोप लाग्दै आएको छ। युक्रेनमाथि रुसले आक्रमण गरेपछि पुटिनका आलोचक तथा राजनीतिक प्रतिद्वन्द्वीमाथिको दमन थप बढेको विपक्षी समूहहरूको दाबी छ।

युद्धविरोधी दल याब्लोकोलाई समेत निर्वाचनमा सहभागी हुन रोक लगाइएको घटनालाई उल्लेख गर्दै याशिनले आफूहरूले आगामी निर्वाचनलाई वास्तविक राजनीतिक प्रतिस्पर्धाका रूपमा नलिएको बताएका छन् ।

बर्लिनमा गत जुनमा स्थापना गरिएको ‘पिसफुल रसिया’ पार्टीका नेता याशिनले युक्रेनमाथिको आक्रमण अन्त्य गर्न तथा नागरिक अधिकारको संरक्षणका लागि विभिन्न विपक्षी समूहलाई एकताबद्ध गर्ने प्रयास भइरहेको बताए। पार्टी निर्वाचनमा प्रत्यक्ष सहभागी नभए पनि अभियानमार्फत नागरिकले युद्ध र पुटिनको शासनप्रतिको असन्तुष्टि व्यक्त गर्ने अवसर पाउने उनको भनाइ छ।

सन् २०२२ मा युक्रेनमाथिको रुसी आक्रमणको आलोचना गरेपछि जेल परेका याशिन दुई वर्षपछि पश्चिमी मुलुकसँग भएको कैदी आदानप्रदानमार्फत रिहा भएका थिए। हाल बर्लिनमा निर्वासनमा रहेका उनले अवसर पाए आफू रुस फर्किने पहिलो व्यक्ति हुने बताए । युद्ध कहिले, कसरी र कुन सर्तमा अन्त्य हुन्छ भन्ने कुराले आफ्नो स्वदेश फिर्तीको समय निर्धारण गर्ने उनको भनाइ छ।

याशिनले निर्वाचनपछि रुसमा तनाव थप बढ्न सक्ने चेतावनीसमेत दिए। उनले पुटिनले आगामी वसन्त वा गर्मीयाममा युक्रेनमा ठूलो सैन्य अभियान सञ्चालन गर्न तीन लाखदेखि पाँच लाख मानिस परिचालन गर्न सक्ने दाबी गरेका छन् ।

‘पुटिन गम्भीर वार्ताका लागि तयार हुनुहुन्छ भन्ने कुनै सङ्केत छैन, बरु तनाव बढाउने तयारीका धेरै सङ्केत छन्,’ उनले भने।

सन् २०२२ मा पुटिनले करिब तीन लाख रिजर्भ सैनिकलाई आंशिक रूपमा परिचालन गर्नुभएको थियो। त्यसपछि दशौँ हजार सैन्य सेवायोग्य पुरुषले रुस छाडेको बताइएको थियो। क्रेमलिनले भने नयाँ सैन्य परिचालनको योजना रहेको दाबीलाई अस्वीकार गर्दै आएको छ।

याशिनले रुसबाट नेटोविरुद्ध उक्साहट हुन सक्ने सम्भावनासमेत औँल्याएका छन् । युक्रेनले पनि निर्वाचनपछि रुसले थप सैनिक परिचालन गर्न सक्ने चेतावनी दिँदै आएको छ।

यसैबीच, अमेरिकी थिङ्क ट्याङ्क ‘द इन्स्टिच्युट फर द स्टडी अफ वार’ ले पनि मस्कोले नयाँ सैन्य परिचालनका लागि आवश्यक अवस्था तयार पारिरहेको देखिएको विश्लेषण सार्वजनिक गरेको छ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  १ : ३४ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका