कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत « Khabarhub

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका लागि राहत रकम हस्तान्तरण गरेका छन् ।  

बिहीबार कारागारमा आयोजित एक कार्यक्रमकाबीच कैदीबन्दीका प्रतिनिधिहरूले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेललाई ५ लाख ५१ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेका हुन् । 

उक्त रकम बैंकमार्फत ’प्रधानमन्त्री दैवी प्रकोप/राहत कोष’ मा जम्मा गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उनले रसुवाको बाढी, नुवाकोट तथा त्रिशूली क्षेत्रमा भएको तहसनहस  ’महाप्रलय’ सरहको राष्ट्रिय विपत्ति भएकाले सबैको सहयोग आवश्यक रहेको धारणा राखे ।

उनले कानुनी दायराभित्र कारागारमा रहेका कैदीबन्दीहरू पनि यसै देशका नागरिक भएको र विपत्तिको यस घडीमा पीडितहरूप्रति उनीहरूको मन जोडिएको बताएका छन् । 

सहयोग रकम आर्थिक रूपमा जस्तो भए पनि यसको मानवीय महत्त्व र भावना अत्यन्त ठूलो र अमूल्य रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ४ : २८ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत