सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी « Khabarhub

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक कुमार साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी गरेका छन् । प्रधानमन्त्री कार्यालयका एक सचिवालय सदस्यका अनुसार उनको नाम सिफारिस भएको छ। तर अहिलेसम्म कन्फर्म भने भइनसकेको बताइन्छ ।

पार्टी सभापति रवि लामिछाने टिमले नेता गणेश पराजुलीलाई अगाडि सार्ने तयारी गरेको भए पनि दीपकलाई नै उद्योगमन्त्रीमा पठाउन बालेन्द्रले तयारी गरिरहेको पार्टी स्रोत बताउँछ। पेशाले इन्जिनियर रहेका उनलाई उद्योग मन्त्रालयमा पठाउन लागिएको हो। यस अगाडि उद्योगमन्त्री गौरीकुमारी यादवले आज नै पदबाट राजीनामा दिएकी छन् ।

यता राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार शाक्य अहिलेसम्मको मन्त्री बन्ने भन्ने विषयमा औपचारिक पत्र आइनसकेको बताउँछन् । उनी मिडियामा आएको हल्लाबाहेक आफूहरूलाई प्रधानमन्त्री कार्यालयले कुनै पत्र नपठाएको जानकारी दिन्छन् ।

अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेकाले शाहलाई आज नै मन्त्रीको शपथ ग्रहण गराउन सक्ने सम्भावना पनि रहेको छ । तर मन्त्रिपरिषद् बैठकको निर्णय आइनसकेकाले यसै हो भन्न सक्ने अवस्था छैन ।

सीके राउतको जनमत पार्टीका उपाध्यक्ष बनेका शाह फागुन २१ को निर्वाचन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । जलवायु परिवर्तनसम्बन्धी विभिन्न विषयमा काम गरिराखेका उनी पार्टीभित्र टेक्निकल नेता मध्ये प्रभावशाली मानिन्छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह र नेता अमरेशकुमार सिंह निकट रहेका भनिने उनी बालेनकै सक्रियतामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको दाबी गरिन्छ ।

साहले कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई फागुन २१ को निर्वाचनमा हराएका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ४ : २९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु