आफ्नै अभिव्यक्तिप्रति मन्त्री गौतमले मागिन् राष्ट्रिय सभासमक्ष माफी « Khabarhub

आफ्नै अभिव्यक्तिप्रति मन्त्री गौतमले मागिन् राष्ट्रिय सभासमक्ष माफी


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन-जी सहिद स्मृति दिवसको कार्यक्रममा दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छन् । 

बिहीबार राष्ट्रियसभा बैठकमा राष्ट्रियसभाले कानुन निर्माणमा बाधा खडा गरेको भन्ने अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाएपछि मन्त्री गौतमले क्षमा मागेकी हुन् ।

मन्त्री गौतमले आफूले प्रतिनिधि सभामा दुई–तिहाइ बहुमत भए पनि कानुन निर्माण प्रक्रिया प्रतिनिधि सभाको बहुमतले मात्र पूर्ण नपुग्ने र कानुन निर्माणका लागि प्रतिनिधि सभा, राष्ट्रिय सभा हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने एउटा जटिल र संवैधानिक प्रक्रिया पूरा गर्नुपर्ने तथ्य मात्रै बताएको धारणा राखिन्  । 

आफूले तथ्यपरक कुरा मात्र राखेको र राष्ट्रिय सभाले असहयोग गर्‍यो भनेर कुनै पनि आपत्तिजनक शब्द प्रयोग नगरेको उनले बताइन् ।

उनले आफू राजनीतिक व्यक्ति भएकाले आफ्ना भनाइहरूलाई पत्रकार तथा सामाजिक विश्लेषकहरूले फरक–फरक ढंगले व्याख्या गरेको तर्क गरिन् । 

मन्त्री गौतमले आफूले नबोलेका कुरा वा मिडियाले आफ्नै ढंगले गरेका व्याख्याप्रति आफू जिम्मेवार हुन नसक्ने उल्लेख गरिन् । आगामी दिनमा राष्ट्रिय सभा र सरकार मिलेर समन्वयका साथ कानुन निर्माणमा अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । 

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ४ : ३८ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका