आफ्नै अभिव्यक्तिप्रति मन्त्री गौतमले मागिन् राष्ट्रिय सभासमक्ष माफी « Khabarhub

आफ्नै अभिव्यक्तिप्रति मन्त्री गौतमले मागिन् राष्ट्रिय सभासमक्ष माफी


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन-जी सहिद स्मृति दिवसको कार्यक्रममा दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छन् । 

बिहीबार राष्ट्रियसभा बैठकमा राष्ट्रियसभाले कानुन निर्माणमा बाधा खडा गरेको भन्ने अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाएपछि मन्त्री गौतमले क्षमा मागेकी हुन् ।

मन्त्री गौतमले आफूले प्रतिनिधि सभामा दुई–तिहाइ बहुमत भए पनि कानुन निर्माण प्रक्रिया प्रतिनिधि सभाको बहुमतले मात्र पूर्ण नपुग्ने र कानुन निर्माणका लागि प्रतिनिधि सभा, राष्ट्रिय सभा हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने एउटा जटिल र संवैधानिक प्रक्रिया पूरा गर्नुपर्ने तथ्य मात्रै बताएको धारणा राखिन्  । 

आफूले तथ्यपरक कुरा मात्र राखेको र राष्ट्रिय सभाले असहयोग गर्‍यो भनेर कुनै पनि आपत्तिजनक शब्द प्रयोग नगरेको उनले बताइन् ।

उनले आफू राजनीतिक व्यक्ति भएकाले आफ्ना भनाइहरूलाई पत्रकार तथा सामाजिक विश्लेषकहरूले फरक–फरक ढंगले व्याख्या गरेको तर्क गरिन् । 

मन्त्री गौतमले आफूले नबोलेका कुरा वा मिडियाले आफ्नै ढंगले गरेका व्याख्याप्रति आफू जिम्मेवार हुन नसक्ने उल्लेख गरिन् । आगामी दिनमा राष्ट्रिय सभा र सरकार मिलेर समन्वयका साथ कानुन निर्माणमा अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । 

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ४ : ३८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली