यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू) « Khabarhub

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज तयार पारेको छ ।

भोटेकोशी बाढीले गत भदौ १० मा पक्की पुल बगाएपछि नदी वारपार आवतजावत प्रभावित भएको थियो । यसपछि सेनाले नदी वारिपारिका बस्तीलाई जोड्ने गरी ५७.९ मिटर लम्बाइ र ५.५ मिटर चौडाइको अस्थायी पुल जडान गरेको हो ।

बुधबार साँझ तयार भएको पुलबाट स्थानीयले आवतजावत थालेका छन् । सवारीका लागि पनि खुला गर्ने तयारी छ ।  
यो पुलको भारवहन क्षमता ६० टनसम्म रहेको सेनाले जनाएको छ ।

सानो गाडी दुईतर्फी र ठूला, मालवाहक गाडी एकपटकमा एउटामात्र वारपार गर्न मिल्ने छ । पक्की पुल बनेपछि यो पुल पुन: झिकिने छ ।

एक्रो ब्रिज स्टिलका पूर्वनिर्मित भागहरूलाई आपसमा जोडेर छिटो निर्माण गर्न सकिने अस्थायी वा आपत्कालीन पुल हो । बाढी, पहिरो, भूकम्प वा अन्य कारणले सडकको स्थायी पुल भत्किएर यातायात अवरुद्ध भएको अवस्थामा तत्काल आवागमन सञ्चालन गर्न यसको प्रयोग गरिन्छ।

आवश्यकताअनुसार यसको लम्बाइ बढाउन वा घटाउन सकिने भएकाले कठिन भौगोलिक क्षेत्रमा पनि जडान गर्न तुलनात्मक रूपमा सहज हुन्छ। स्थायी पुल निर्माण वा मर्मत सम्पन्न नभएसम्म यातायात सञ्चालनलाई निरन्तरता दिन एक्रो ब्रिज उपयोगी मानिन्छ ।

बेत्रावती र त्रिशुली बजारमा पनि एक्रो ब्रिज जडान गर्ने सेनाको योजना छ ।

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ७ : १९ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी