यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू) « Khabarhub

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज तयार पारेको छ ।

भोटेकोशी बाढीले गत भदौ १० मा पक्की पुल बगाएपछि नदी वारपार आवतजावत प्रभावित भएको थियो । यसपछि सेनाले नदी वारिपारिका बस्तीलाई जोड्ने गरी ५७.९ मिटर लम्बाइ र ५.५ मिटर चौडाइको अस्थायी पुल जडान गरेको हो ।

बुधबार साँझ तयार भएको पुलबाट स्थानीयले आवतजावत थालेका छन् । सवारीका लागि पनि खुला गर्ने तयारी छ ।  
यो पुलको भारवहन क्षमता ६० टनसम्म रहेको सेनाले जनाएको छ ।

सानो गाडी दुईतर्फी र ठूला, मालवाहक गाडी एकपटकमा एउटामात्र वारपार गर्न मिल्ने छ । पक्की पुल बनेपछि यो पुल पुन: झिकिने छ ।

एक्रो ब्रिज स्टिलका पूर्वनिर्मित भागहरूलाई आपसमा जोडेर छिटो निर्माण गर्न सकिने अस्थायी वा आपत्कालीन पुल हो । बाढी, पहिरो, भूकम्प वा अन्य कारणले सडकको स्थायी पुल भत्किएर यातायात अवरुद्ध भएको अवस्थामा तत्काल आवागमन सञ्चालन गर्न यसको प्रयोग गरिन्छ।

आवश्यकताअनुसार यसको लम्बाइ बढाउन वा घटाउन सकिने भएकाले कठिन भौगोलिक क्षेत्रमा पनि जडान गर्न तुलनात्मक रूपमा सहज हुन्छ। स्थायी पुल निर्माण वा मर्मत सम्पन्न नभएसम्म यातायात सञ्चालनलाई निरन्तरता दिन एक्रो ब्रिज उपयोगी मानिन्छ ।

बेत्रावती र त्रिशुली बजारमा पनि एक्रो ब्रिज जडान गर्ने सेनाको योजना छ ।

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ७ : १९ बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली