निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह « Khabarhub

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने एलपी ग्यासको बिक्री वितरणमा देखिएको समस्या समाधानमा आफू गम्भीर भएर लाग्ने बताएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज पद तथा गोपनियताको शपथलगत्तै सिंहदरबास्थित मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उनले पत्रकारसँग भने, “जनतालाई जति ग्यास आवश्यक छ, त्यति दिनैपर्छ, छलफल गरेर आवश्यक कदम चाल्नेछौँ ।”

निवर्तमान उद्योगमन्त्री गौरीकुमारीसँग छलफल गरेर आफू अघि बढ्ने उल्लेख गर्दै मन्त्री साहले त्यसआधारमा सुधारका कार्यक्रम अघि बढाइने स्पष्ट पारे । “कुनै काम गर्नुभन्दा अघि विगतमा त्यससम्बन्धमा के–के भइरहेको छ, त्यसको जानकारी लिएर मात्रै अघि बढ्दा नतिजा आउँछ”, मन्त्री साहले भने।

तत्कालीन मन्त्री गौरीकुमारीले आज पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले सांसद साहलाई उद्योगमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ९ : २४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु