विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड « Khabarhub

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले देशले विपद्को सामना गरिरहेको बेला सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन्। 

बिहीबार सिराहाको मिर्चैया नगरपालिका–५ स्थित मोहन नमूना माध्यमिक विद्यालयको नवनिर्मित भवन तथा विज्ञान प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै संयोजक प्रचण्डले हालै रसुवाको भोटेकोसीमा गएको बाढीपछि देश सङ्कटमा परेको भन्दै सबैलाई साथ सहयोग गर्न अपिल गरे। 
‘पहाडमा सङ्कट परेको बेला मधेसले र मधेसमा विपद् परेको बेला पहाडले सहयोग गर्ने हाम्रो संस्कृति नै हो। आज पनि तराई मधेसको सहयोग अतुलनीय छ,’ प्रचण्डले भने। 

दुई दिनसम्म चल्ने विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन कार्यक्रमा प्रतिनिधि सभा सदस्य तपेश्वर यादव, सिरहा जिल्ला समन्वय समितिका सभापति दिनेश महतो, मिर्चैया–७ फूलबरियास्थित बाजु माविका प्रधानाध्यापक फुलगेन नायक, सगरमाथा बोर्डिङ स्कुलका संस्थापक प्रदीप तिवारीलगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए। 

सङ्घीय सरकारको नमुना विद्यालय कार्यक्रमअन्तर्गत चार वटा भवन निर्माण गरिएका हुन्।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  १० : १० बजे

प्राधिकरणले भन्यो- तिहार र छठमा विद्युत् आपूर्ति बन्द हुन दिँदैनौँ

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले यही वर्षको तिहारको लक्ष्मीपूजाका दिन साँझ

प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

काठमाडौँ– ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा रु १६

तिहारमा सयपत्री र मखमली फूलको मूल्य वृद्धि

भक्तपुर– घरघरमै व्यापारी र बिचौलिया मखमली फूलको माला र सयपत्री

तिहारलाई भेडाच्याङ्ग्रा लिएर पोखरा झरे व्यापारी

पोखरा- तिहारका लागि मुस्ताङ, डोल्पा, मुगुलगायत हिमाली भेगबाट भेँडाच्याङ्ग्रा लिएर

बाढीग्रस्त पर्वतको फोर्सेमा सन्नाटा, चाडपर्वले छोएन पीडितलाई (तस्बिर)

बागलुङ– बाढीले थातथलो बगाएपछि पर्वतको फोर्सेवासीलाई न दसैँले छोयो, न