मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो « Khabarhub

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको छ । मानव अधिकारसम्बन्धी गैरसरकारी संस्था ‘आर्टिकल १९’ का अनुसार यस वर्ष देशमा हत्या गरिएका पत्रकारको सङ्ख्या नौ पुगेको छ ।

दक्षिणी राज्य ओआक्साकामा समाचार वेबसाइट ‘पिनोटेपा कोमुनिका’ का सञ्चालक ५२ वर्षीय हामुराबी हुएस्का मान्जानोको हत्या भएको हो । उक्त वेबसाइटका सामाजिक सञ्जालमा ५२ हजारभन्दा बढी फलोअर्स छन् ।

राज्यका अभियोजकका अनुसार एक सशस्त्र समूहले हुएस्का मान्जानो र अन्य दुई जनामाथि गोली प्रहार गरेको थियो । आक्रमणमा गम्भीर घाइते भएका मान्जानोको मृत्यु भएको हो ।

उनले सञ्चालन गरेको वेबसाइटले उनी बसोबास गर्ने सहर सान्टियागो पिनोटेपा नासिओनालका राजनीतिक तथा स्थानीय विषयमा समाचार प्रकाशन गर्दै आएको थियो । पत्रकारितासँगै उनी ट्याक्सी चालकका रूपमा पनि काम गर्थे ।

मानव अधिकार संस्था ‘आर्टिकल १९’ ले घटनाको अनुसन्धान गर्दा मान्जानोको पत्रकारितासम्बन्धी कामलाई प्राथमिकतामा राख्न अभियोजकको कार्यालयसँग माग गरेको छ । संस्थाले सामाजिक सञ्जाल एक्समार्फत पत्रकारको हत्याको निष्पक्ष अनुसन्धान गर्न पनि आग्रह गरेको छ ।

पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताका दृष्टिले मेक्सिको विश्वकै जोखिमपूर्ण देशमध्ये एक मानिन्छ । ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ का अनुसार सन् १९९४ यता मेक्सिकोमा १५० भन्दा बढी सञ्चारकर्मीको हत्या भइसकेको छ ।

पत्रकारमाथि हुने हिंसा र हत्याका घटनाले मेक्सिकोमा स्वतन्त्र पत्रकारिता तथा स्थानीय मुद्दाको समाचार सङ्कलनमा गम्भीर चुनौती खडा गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ६ : ३५ बजे

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो