मधेशमा छठ पर्वको तयारी तीव्र « Khabarhub

मधेशमा छठ पर्वको तयारी तीव्र


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र पारिएको छ । पर्व नजिकिँदै जाँदा जनकपुरधामका पोखरी तथा जलाशयको सरसफाइ र सजावटसँगै बजारमा पूजाका सामग्री किनमेल गर्नेको चहलपहल बढेको छ ।

मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएको छठ पर्वलाई व्यवस्थित र भव्य रूपमा मनाउन जनकपुरधामका विभिन्न पोखरी तथा जलाशयको सरसफाइ र शृङ्गारको काम सुरु गरिएको हो ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहका अनुसार गङ्गासागर, धनुषसागर, रत्नसागर र दशरथ तलाउलगायतका पोखरी तथा जलाशयको सरसफाइ भइरहेको छ । विशेषगरी गङ्गासागर र धनुषसागरमा छठ मनाउने परम्परा रहेकाले स्थानीयवासीको सहयोगमा घाट व्यवस्थापन र सजावटलाई तीव्रता दिइएको उनले बताए।

यस वर्ष छठ पर्वको अवलोकनका लागि प्रधानमन्त्री वालेन्द्र शाहसमेत जनकपुरधाम आउने तयारी रहेकाले गङ्गासागर छठ घाटलाई थप व्यवस्थित र आकर्षक बनाउने काम भइरहेको साहले जानकारी दिए ।

यता, जनकपुरधामको पेठिया बजार, गाउँघरका हाट तथा मेलामा छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड बढ्न थालेको छ । विशेषगरी बाँसबाट निर्मित पूजासामग्रीको माग बढेको स्थानीय सुमित्रादेवी कर्णले बताए।

छठ पर्व नजिकिएसँगै पुस्तौँदेखि बाँसका सामग्री निर्माण गर्दै आएका डोम समुदायका कारीगरलाई पनि भ्याइनभ्याइ भएको छ । समुदायका धेरै परिवारले पुर्ख्यौली पेसाका रूपमा बाँसका चोयाबाट छठ पूजामा प्रयोग हुने छिटी, नाङ्लो र ढाकीलगायत सामग्री निर्माण गर्दै आएका छन् ।

छठका अवसरमा यस्ता परम्परागत सामग्रीको माग बढ्ने भएकाले स्थानीय कारीगरले उत्पादन गरेका सामग्रीले बजार पाउने गरेका छन् । यसले डोम समुदायका परिवारको पुर्ख्यौली पेसालाई निरन्तरता दिनसमेत सहयोग पुर्‍याउँदै आएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  २ : ५७ बजे

नयाँ संसद्सँगै नेतान्याहुलाई राजनीतिक चुनौती थपिँदै

एजेन्सी– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ संसद् गठनसँगै राजनीतिक दबाब

मधेशमा छठ पर्वको तयारी तीव्र

जनकपुरधाम– दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र

तापक्रम वृद्धिको जोखिम बढ्दै, कोप–३१ मा जलवायु संकटबारे बहस

काठमाडौँ– विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती

टाइमको जलवायु प्रभावशाली सूचीमा परेकन वाग्लेलाई रास्वपाको बधाई

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अमेरिकी पत्रिका ‘टाइम’को सन्

‘सभापति गगन थापाविरुद्ध राज्य नै भ्रम फैलाउँदै छ, निष्पक्ष छानबिन गरौँ’

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य इन्जिनियर दीपकबाबु कँडेलले पार्टी सभापति