अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पर्यटकको चहलपहल « Khabarhub

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पर्यटकको चहलपहल


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटकीययाम सुरु भएपछि सङ्ग्रहालयमा विस्तारै पर्यटकको आकर्षण बढ्दै गएको सङ्ग्राहलयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिइन् । चाडपर्वसँगै सङ्ग्रहालय अवलोकनमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेको उनले बताइन् ।

आर्थिक वर्ष २०८३/८४ को कात्तिक २० सम्म २० हजार ९३८ जनाले सङ्ग्रहालय अवलोकन गरेका छन् । उनका अनुसार यो चार महिनाको अवधिमा सार्क राष्ट्रका दुई हजार ८६८ र सार्क राष्ट्र बाहेक अन्य देशका छ हजार २९ जना र ४१ जना प्रवासी नेपालीले सङ्ग्रहालय अवलोकन गरेका छन् ।

साउनमा चार हजार ९९९, भदौमा तीन हजार ३४७, असोजमा छ हजार ४०३ र कात्तिक २० गतेसम्म छ हजार १८९ जना स्वदेशी तथा विदेशी पर्यटक सङ्ग्रहालय पुगेको कार्यकारी निर्देशक न्यौपानेले जानकारी दिइन् । पर्वतीय पर्यटनका विविध पक्ष अवलोकन गर्नका लागि सङ्ग्रहालय निर्माण गरिएको हो ।

हिमाली जीवनसँगै पर्वतीय पर्यटनका विविध पक्षलाई सङ्ग्रहालयमा नियाल्न पाइने भएकाले आकर्षक गन्तव्यका रूपमा विकास हुन थालेको छ । यहाँबाट हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेशभूषा, कला, संस्कृतिका साथै भौगोलिक अवस्थालगायतका विषयमा जानकारी लिन पाउँछन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ६ : ०९ बजे

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पर्यटकको चहलपहल

पोखरा- पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

काठमाडौँ- प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जनालाई पक्राउ

बर्दियामा मोटरसाइकल दुर्घटना : १६ वर्षीय युवकको मृत्यु

बर्दिया- बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ

नदीमा डुबेर एक बालकको मृत्यु

घोराही (दाङ)- राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको